जिम्मेवारी पूरा गर्न नसकेको भन्दै बेलायती प्रधानमन्त्रीद्दारा राजीनामा
बेलायत ।
बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छन् । जिम्मेवारी पूरा नभएको भन्दै निर्वाचित भएको दुई महिना नपुग्दै ट्रसले राजीनामा दिएकी हुन् ।
आफू जुन उद्देश्यका साथ निर्वाचित भएको हो त्यसअनुसार जिम्मेवारी पूरा गर्न नसकेको बताउँदै राजीनामा दिएको उनले जनाएकी छन् । कन्जरभेटिभ पार्टीले आफूलाई करको दर घटाएर आर्थिक वृद्धि गराउने म्यान्डेडसहित प्रधानमन्त्री बन्न उठाएका स्मरण गर्दै ट्रसले आफूले त्यो जिम्मेवारी पूरा गर्न नसकेको भनेर राजीनामा दिएकी हुन् ।