2

Logo २०८३ बैशाख १३ आइतबार
निर्वाचन आचारसंहिता कार्यान्वयन तथा परिचालन सम्बन्धी सरोकारवालासँग छलफल रामपुरमा सकियो

निर्वाचन आचारसंहिता कार्यान्वयन तथा परिचालन सम्बन्धी सरोकारवालासँग छलफल रामपुरमा सकियो


Sabalnews प्रकाशित मिति : बुधबार, कार्तिक २ २०७९
694

पाल्पा ।

निर्वाचन आचारसंहिता कार्यान्वयन तथा परिचालन सम्बन्धी सरोकारवालासँग छलफल तथा अन्तरक्रिया पाल्पा निर्वाचन क्षेत्र १ को रामपुरमा भएको छ ।

जिल्ला आचारसंहिता अनुगमन समितिको आयोजनामा भएको कार्यक्रममा पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधि तथा प्रदेश सभा सदस्य उमेद्वार, राजनितिक दलका प्रमुख, पालिका प्रमुख, प्रशासन तथा सुरक्षा निकायका प्रमुख प्रतिनिधि, पत्रकार, सरोकारवाला संघसस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो ।

पाल्पाका मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले निर्वाचन आयोगले निर्दिष्ट गरेको परिधिमा रहेर जिल्लामा निर्वाचन सम्पन्न गर्न उमेद्धार तथा राजनितिक दल र सरोकारवालाको महत्त्वपूर्ण भुमिका हुने बताउनुभयो । पदीय जिम्मेवारीलाई वेवास्ता र दुरुपयोग गर्दै निर्वाचनमा कोही नलाग्न र निर्वाचनको आचारसंहिताको सही सदुपयोग र उपयोग गर्न उहाँले सुझाउनुभयो । क्षेत्र भित्रका पालिकाबाट योग्य नागरिकलाई निर्वाचन कर्मचारीको लागि सिफारिस गर्नुपर्ने बताउनुभयो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचन स्वच्छ र मर्यादित सम्पन्न गर्नु नै प्रमुख उद्देश्य रहेको बताउनुभयो । पन्तले निर्वाचन प्रचारप्रसारमा यसपटक कडाई गरेकाले आयोगको आचारसंहिताको अबलम्बन गर्न आग्रह गर्नुभयो । कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा हिड्न आयोगले बन्देज गरेको छ, यसको जिल्लामा पुर्णपालनामा जोड दिन्छौ- उहाँले भन्नुभयो । गत स्थानीय तहको निर्वाचन केही महिना अघि मात्र सकिएकाले त्यसका कमीकमजोरीलाई सुधार गर्दै पहाडी शान्त जिल्लामा निर्वाचन भयरहित बनाउन सबैले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । जिल्लाका अति संवेदनशील मतदान केन्द्र र सबै क्षेत्रमा उत्तिकै प्राथमिकता साथ संयन्त्र रहने र यसको शुक्ष्म अनुगमन गरिने उहाँले बताउनुभयो । निर्वाचनको दिन आयोगले गाडी पास नम्बर लिएर चलाउने वा अशक्तहरु ल्याउने लाने सिमित गाडीको व्यवस्था गर्ने यसबारे स्पष्ट धारणा नआइसकेको बताउदै केही दिनमा निणर्य आउन सक्ने प्रजिअ पन्तले जानकारी गराउनुभयो ।

निर्वाचन कार्यालय पाल्पाका जिल्ला निर्वाचन अधिकृत रुक्मागत अर्यालले अन्तरक्रियाको सहजीकरण गर्दै मंसिर ४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका सवाल, जिल्लामा मतदाता, मतदान स्थल, निर्वाचन आचारसंहिता २०७९ बारेमा जानकारी दिदै उमेद्वारले पालना गर्नुपर्ने आचारसंहिता, खर्च विवरण, जनप्रतिनिधि, राजनितिक दल र तिनका भातृसंगठन, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकायले पालना गर्नुपर्ने आचारसंहिता र आचारसंहिताको उल्लङघनमा उजुरी दिन सकिने अबस्था एंव कानुनी सजायको व्यवस्थाका बारेमा स्पष्ट पार्नुभएको थियो ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत गोपाल प्रसाद ढकालले निर्वाचन सफल बनाउने दायित्व हरेक नागरिकको रहेको र सरल, सहज गरि उत्सवका रुपमा भयरहित वातावरणमा निर्वाचन सफल बनाउन सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिनिधि तथा प्रदेश सभा उमेद्वारहरु विपिन कडेंल, नारायण आचार्य, श्यामकान्त खनाल, रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा, माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदी, नेकपा माओवादी केन्द्रका इन्चार्ज कमलराज भट्टराई, एमाले रामपुर अध्यक्ष विष्णु प्रसाद रेग्मी, नेकपा एकीकृत समाजबाादी रामपुर अध्यक्ष फणेश्वर गौतमले निर्वाचन स्वच्छ र मर्यादित बनाउन अपनाउनुपर्ने सर्तकता, फर्जी मत रोक्न मतदान स्थलमा सिसि क्यामरा जडान, १७ दिन अघि मात्र सभाको समय र निर्वाचनका दिन सवारी साधन सञ्चालनका बिषयमा प्रश्न गर्नुभएको थियो ।

यसैबिच, पाल्पा विकास केन्द्रको आयोजना तथा बोली खबर डटकमको समन्वयमा स्वतन्त्र, निस्पक्ष र भयरहित निर्वाचन कार्यशालामा पाल्पा विकास केन्द्रका कार्यकारी निर्देशक किरण कौशलले सञ्चारमाध्यम र पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता, स्वतन्त्र निस्पक्ष पत्रकारिता, समाचारको वास्तविकता र सत्यतालाई जोड दिएर पत्रकारिताको धर्म निभाउनुपर्ने बताउनुभयो ।

पाल्पा क्षेत्र नम्बर १ का उमेद्वार, राजनितिक दल, जनप्रतिनिधि तथा सरोकारवाला सहभागी कार्यक्रमको सञ्चालन निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत रामहरि पाण्डेले गर्नुभएको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com