2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा २ हजार ७१२ अस्थायी मतदाताले मतदान गर्न पाउने

पाल्पामा २ हजार ७१२ अस्थायी मतदाताले मतदान गर्न पाउने


Sabalnews प्रकाशित मिति : मंगलबार, कार्तिक १ २०७९
645

पाल्पा

पाल्पामा समानुपातिक मतदानमा सहभागी हुन पाउने अस्थायी मतदाताको नामावली प्रकाशन भएको छ । निर्वाचन कार्यालयले प्रकाशन गरेको प्रारम्भिक मतदाता नामावलीमा पाल्पाबाट जम्मा २ हजार ७ सय १२ जना अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिकतर्फका उम्मेद्वारलाई मतदान गर्न पाउने भएका छन् ।

कार्यालयले मङ्गलबार प्रकाशन गरेको अस्थायी मतदाता नामावलीमा पाल्पा जिल्लाबाट २ हजार ७ सय १२ जना मतदाताको नामावली समावेश गरिएको जनाएको छ । जिल्लाभरबाट अस्थायी मतदाताका रुपमा आएको ५ हजार ७ सय ३९ मतदातामध्ये अधिकांशको मतदाता नामावली नम्बर छुट भएकाले प्रारिम्भक नामावलीमा प्रकाशनमा समावेश गर्न नसकेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

निर्वाचनमा खट्ने कर्मचारी, सुरक्षाकर्मी, शिक्षकलगायतका व्यक्तिले समानुपातिक मतका लागि अस्थायी नामावली प्रकाशन गरिएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिनुभयो ।

सुरक्षा निकायतर्फ नेपाली सेना, प्रहरी, म्यादी प्रहरीमा रहेका अधिकांशको अस्थायी मतदाता नामावलीमा समावेश हुन छुट भएको अर्यालले बताउनुभयो । आयोगले कात्तिक १४ गतेसम्ममा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भएकाले त्यतिबेलासम्म त्रुटी सच्याउने, छुट भएकाको थप गर्न सकिने भएकाले अस्थायी मतदाता बढ्न सक्ने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com