2

Logo २०८३ बैशाख १३ आइतबार
आज गरिबी निवारण दिवस, तर ३५% नेपाली गरिबीको चरम रेखामुनि

आज गरिबी निवारण दिवस, तर ३५% नेपाली गरिबीको चरम रेखामुनि


Sabalnews प्रकाशित मिति : सोमबार, असोज ३१ २०७९
757

काठमाडौं ।

आज अक्टोबर १७ तारिख अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस।

चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यका साथ संसारभर यो दिवस मनाइदै आइएको छ ।

Dignity For All in Practice’अर्थात् सबै जनासँग मिलेर गरिबी निवारण गरौ’ भन्ने नारा सहित गरिबी न्यूनीकरण र उन्मुलनको लागि कार्यक्रम तथा अभियान गरेर दिवस मनाइदैछ ।

सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघले बिकासोन्मुख देशमा खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिब हुन् भनि गरिबीको व्याख्या गरेको छ। विकसित देशमा सफा र शुद्ध पिउने पानीको अभाव, रोजगारी, सुरक्षा र शक्तिहिन हुनुलाई गरिवीको सूचक मानिन्छ ।

राष्ट्रसंघले शिक्षा, स्वास्थ्य लगायत दैनिक जीवनका आवश्यक १० परिसुचकको आधारमा दैनिक एक अमेरिकी डलरभन्दा कम आय भएका मानिसलाई गरिवीको सुचिमा राख्ने गरेको छ । विश्वमा तिन अर्ब भन्दा बढी मानिष गरिबीको रेखा मुनि रहेको राष्ट्रसंघले जनाएको छ ।

दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ। नेपाल सरकारले पनि यसका लागि  कार्यक्रमहरू संचालन गर्दै आएको छ तर नेपालमा अझैपनि ३५% बढी नागरिक गरिबिको चरम रेखामुनी रहेको एक अध्ययनले देखाएको छ ।

नेपाल सरकारले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य राखेको थियो। नेपालमा गरिबी निवारणको लागि संघ, प्रदेश तथा स्थानीय तहमा अबौं रुपैयाँका फरक–फरक कार्यक्रमहरू संचालन भइरहेका छन्। तर, अपेक्षाकृत रुपमा भने नेपालमा गरिबी घट्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com