2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा उद्योग वाणिज्य संघ पाल्पाको ६७ औं वार्षिक साधारण सभा गोर्खेकोटमा

पाल्पा उद्योग वाणिज्य संघ पाल्पाको ६७ औं वार्षिक साधारण सभा गोर्खेकोटमा


Sabalnews प्रकाशित मिति : आइतबार, असोज ३० २०७९
890

पाल्पा

पाल्पा उद्योग वाणिज्य संघ पाल्पाको ६७ औं वार्षिक साधारण सभा तथा अधिवेशन पाल्पाको तानसेनमा शुरु भएको छ ।

संघको बन्दै गरेको बहुउद्देश्यीय भवन गोर्खेकोटमा चलेको साधारण सभामा संघका अध्यक्ष राजु मर्हजनले वार्षिक प्रतिबेदन तथा महासचिव शैलेन्द्र भट्टराईले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको छ । साधारण सभाले संघको अधिबेशन मिति समेत तय गर्नेछ ।

संघले मेला, महोत्सव तथा विभिन्न आम्दानीबाट गोर्खेकोटमा बहुउद्देश्यीय भवन बनाउने काम शुरु गरेकोमा अहिले प्रदेश सरकारले बजेट व्यवस्थापन गरिदिएको संघका अध्यक्ष राजु मर्हजनले जानकारी दिनुभयो ।

  साधारण सभा लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिचाइ मन्त्री विरबहादुर रानाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले आफ्नो ठाउँको बिकास आफैले गर्नुपर्ने बताउनुभयो । पाल्पाको समृद्धिमा स्थानीयकै ठुलो भुमिका रहन्छ, यहाँकै बौद्धिक र उद्धमी पलाएन हुँदा समस्या आएको हो उहाँली भन्नुभयो । नेपाल उद्योग बाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठले देशको अर्थतन्त्रमा समस्या आए देशलाई नै समस्या पर्ने कुरा राजनैतिक दललाई थाहा भएकोले यसको सुधारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

सभामा नेपाली काङ्ग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अनिल किशोर घिमिरे, नेकपा एकीकृत समाजबादीका जिल्ला सचिव मोहन गैरे, राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुवर, नेकपा एमालेका जिल्ला सदस्य त्रिरत्नलाल शाक्य, राजमोका प्रतिनिधि टिकाराम पौडेल, तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा सिंजाली, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजु, पाल्पा उद्योग बाणिज्य संघका सल्लाहकार हरी रायमाझी,पाल्पा ब्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले शुभकामना व्यक्त गर्नुभएको थियो ।

संघका निबर्तमान अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बहुउद्देश्यीय भबन बनाउन धेरै क्षेत्रको सहयोग रहेको बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासंघका पुर्बउपाध्यक्ष चन्डीराज ढकालले लामो समय देखि पाल्पासग सहकार्य गर्दै आएको धारणा व्यक्त गर्नुभयो ।

पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष राजु महर्जनको अध्यक्षता, उपाध्यक्ष यादवसिह कार्कीको स्वागत र महासचिव शैलेन्द्र भट्टराईको संचालनमा साधारण सभा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com