2

Logo २०८३ बैशाख १३ आइतबार
पानीमा डुबेर पाल्पामा २ बच्चाको निधन, पहिचान नभएका अर्का एक कालीगण्डकीमा फेला

पानीमा डुबेर पाल्पामा २ बच्चाको निधन, पहिचान नभएका अर्का एक कालीगण्डकीमा फेला


Sabalnews प्रकाशित मिति : आइतबार, असोज ३० २०७९
673

पाल्पा

पाल्पामा भएको २ छुट्टाछुट्टै घटनामा २ कना बच्चाको ज्यान गएको छ ।

तानसेनको नारायणथान मन्दिर परिषरको पोखरीमा डुबेर तानसेन नगरपालिका ६ टुँडिखेलका १२ वर्षीय सुजल पराजुलीको ज्यान गएको प्रहरीले जनाएको छ । देवबाणी माबिमा कक्षा ७ अध्ययनरत पराजुली नारायणस्थानमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा दिउँसो साढे २ बजे डुब्दा सिकिस्त भेटिएका थिए । उनको उपचारका लागि युनाइटेड मिसन अस्पतालमा लैजाँदा दिउँसो ३ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

यसैबिच, तानसेन नगरपालिका ७ मा बाल्टिनको पानीमा डुबेर १५ महिनाकी बालिका प्रिज्मा रानाको ज्यान गएको छ । आफ्नै घरमा खेल्ने क्रममा पानी रहेको बाल्टिनमा टाउको डुबेको अबस्थामा आमा नितु रानाले देखि उपचारको लागि लुम्बिनी मेडिकल कलेज लगेकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यता, रम्भा गाउँपालिका-१ असेर्दीस्थित कालीगण्डकी नदी किनारमा बेवारिसे शव फेला परेको छ।

अन्दाजी १२/ १५ वर्षको लिंग पहिचान नभएको मानिसको सडेगलेको अवस्थामा शव फेला परेको पाल्पाका प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो। शव पोष्टमार्टमको लागि रामपुर अस्पतालमा राखिएको छ। आइतबार बिहान साढे १० बजे शव फेला परेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com