2

Logo २०८३ बैशाख १३ आइतबार
एमालेका जिल्ला नेता जिसी र रावल नेकपा एकीकृत समाजवादीमा प्रवेश

एमालेका जिल्ला नेता जिसी र रावल नेकपा एकीकृत समाजवादीमा प्रवेश


Sabalnews प्रकाशित मिति : बिहिबार, असोज २७ २०७९
764

पाल्पा ।

नेकपा एमालेमा जिल्लाका सक्रिय नेता कृष्ण जिसी र दिनेश रावल नेकपा एकिकृत समाजबादी पार्टीमा प्रवेश गरेका छन् ।

बिहिबार तानसेनमा आयोजित कार्यक्रममा नेकपा एकिकृत समाजबादीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सोमप्रसाद पाण्डेले स्वागत गर्दै एमालेमा दभ्म र कुन्ट्ठ रहेको उल्लेेेख गर्नुुुभयो ।

जिसी र रावलले प्रेस बिज्ञप्ती जारी गर्दै नेकपा एकिकृत समाजबादीमा आवद्ध भएको घोषणा गर्नुभएको हो । जिसी नेकपा एमालेबाट दुई पटकसम्म ठिमुरे गाबिस अध्यक्ष रहि सक्नुभएको छ । भने रावल नेकपा एमालेको संस्कृतीक महासंघ सदस्य रहि स्थानीय निर्वाचन पछि स्वतन्त्र रुपमा रहदै आउनुभएको थियो ।

दुबैले एमाले पार्टीले कम्युनिष्ट बिचारधारा छोडेको, नाताबाद,कृपाबादमा लागेको, फरक बिचार राख्नेलाई किनारा लगाईएको जास्ता आरोप लगाउनुभएको छ ।
कार्यक्रममा पाल्पा क्षेत्र न २ का प्रतिनिधी सभाका उम्मेद्धार तथा नेकपा एकिकृत समाजबादीका नेता सोमप्रसाद पाण्डेले पार्टीमा आकर्षण बढ्दै गएको र असल नेता पाउदा खुसी ब्यक्त गर्नुभयो ।

नेकपा एमालेको नेतृत्व सुध्रने बाटो तर्फ सम्भावना नभएकाले नेताहरु नेकपा एकिकृत समाजबादी तर्फ आकर्षित भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com