2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा लिए २ जनाले उमेद्धारी फिर्ता

पाल्पामा लिए २ जनाले उमेद्धारी फिर्ता


Sabalnews प्रकाशित मिति : बुधबार, असोज २६ २०७९
855

पाल्पा ।

मंसिर ४ गतेको निर्वाचनका लागि मनोनयन दर्ता गरेका पाल्पामा दुईजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

जिल्लाको क्षेत्र नं. २ को प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका भोजेन्द्रबहादुर केसी र पाल्पा क्षेत्र नं. २ (ख) को  प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका राजन खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकारी रुक्माङ्गत अर्यालले जानकारी दिनुभयो । आयोगले मनोनयन फिर्ता लिने दिने दिन बुधबार उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा गरी जिल्लामा ४७ जनाले उम्मेदवारी दिएका थिए । अब ४५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिने छन् ।

पाल्पामा प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र र प्रदेश तर्फ चारवटा निर्वाचन क्षेत्र छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी ४५ जनाको मात्रै उम्मेदवारी कायम रहेको अर्यालले जानकारी दिनुभयो ।

गत २०७४ सालको निर्वाचनमा पाल्पामा प्रतिनिधि सभामा २२ र प्रदेश सभा तर्फ ३२ जनाको उमेद्धारी परेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com