स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमाले छाडे
काठमाडौं ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी छाडेको घोषणा गरेका छन् । एमाले नीति र विधि भन्दा एकलौटी हिडेको भन्दै लामो समय एमालेमा संघर्ष गएका भुसालले एमाले छोडेको सामाजिक संजालमा लेखेर जानकारी दिएका छन् ।
एमालेमा केपी शर्मा ओलीलेको दम्भ र स्वेच्छाचारिताको कारणले पार्टीमा बस्न नसक्ने निष्कर्ष निकाल्दै पार्टीमा नरहने बताएका छन् ।
‘केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ’ । ‘तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।’ भुसालले लेखेका छन् ।
नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरूप्रति ऐक्यबद्धता रहने उनको भनाई छ ।
