2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल शिक्षक संघ रामपुरले गर्‍यो शुभकामना आदानप्रदान

नेपाल शिक्षक संघ रामपुरले गर्‍यो शुभकामना आदानप्रदान


Sabalnews प्रकाशित मिति : मंगलबार, असोज १८ २०७९
820

पाल्पा ।

नेपाल शिक्षक संघ रामपुरको आयोजनामा दशै तिहार, छठपर्व तथा नेपाल सम्वतको अबसरमा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

अध्यक्ष संघका अध्यक्ष लेखनाथ रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम नेपाली काङ्ग्रेसका जिल्ला सभापती हिमालदत्त श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला सभापति श्रेष्ठले आगामी निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काङ्ग्रेस र गठबन्धनको उमेदवारलाई जिताउने गरि आफ्नो ठाउँबाट लाग्न शिक्षक संघ र सबै संगठनलाई आग्रह गर्नुभयो। नागरिकको मुद्दामा जिद्दा पनि र हार्दा पनि नेपाली काङ्ग्रेस ढृढ छ, उहाँले भन्नुभयो- लड्ने र लडाउने परिपाटी अन्त्य गरि आफ्नो पार्टीका जो कोहीले टिकट ल्याएपनि जिताउनुपर्छ श्रेष्ठले थप्नुभयो। सत्ता प्राप्ति गर्न जनतामा पुग्नुपर्छ, सुचना- प्रचार गर्न र बोल्न किन काङ्ग्रेस सकेको छैन? आम चासो र समस्यामा किन नबोल्ने र छलफल गर्न सम्बन्धित व्यक्ति र सस्थाले किन सक्दैन? जबसम्म जनता संग बोलेर छलफल गरिदैन तबसम्म मत आउदैन उहाँको भनाई थियो । मंसिर ४ गतेलाई अर्जुनदृष्टि भएर लाग्न सभापति श्रेष्ठले आग्रह गर्नुभयो । अबको निर्वाचनमा एमाले बडारिने उहाँको भनाई छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रदेश कार्य समिति सदस्य बिष्णुमाया ढकाल, महाधिबेसन प्रतिनिधि रमण बहादुर थापा, प्रदेश प्रतिनिधि बालकुमारी थापा,श्यामकान्त खनाल, महासमिति सदस्य सन्दिप राना लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम शिक्षक संघ रामपुरका सल्लाहकार ज्ञान प्रसाद अर्यालको स्वागत र संघका सचिव डोलराज रेग्मीको सञ्चालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com