2

Logo २०८३ बैशाख १३ आइतबार
नबरात्र शुरु: आज घटस्थापना

नबरात्र शुरु: आज घटस्थापना


Sabalnews प्रकाशित मिति : सोमबार, असोज १० २०७९
2.2K

काठमाडौं ।

नेपालीको महान् चाड बडादशै आजबाट शुरु भएको छ । नबरात्रको पहिलो दिन आज घटस्थापना ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादसैँ मनाइन्छ । दशैको मुख्य दिन दशमी अर्थात् बिजयादशमी हो । यस चाडलाई खुसी र उमंग साथै मीठो खाने र राम्रो लाउने चाडको रूपमा नेपाली समाजले व्याख्या गर्दै आएको छ ।

बडादसैँको पहिलो दिन आज घर-घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दसैँघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

घटस्थापनाको साइत बिहान १०:२३ मा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएकाे छ ।

गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ ।

घटस्थापनाको दिनदेखि नवरात्र सुरू हुन्छ । नवरात्रभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजाआरधना गर्ने परम्परा छ ।

दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको अध्यक्ष गौतमको भनाइ छ । यद्यपि, कुल परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य अन्न रोप्ने पनि चलन छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com