2

Logo २०८३ बैशाख १३ आइतबार
एमाले पाल्पा २ को कार्यालय गैरेद्दारा उद्घाटन

एमाले पाल्पा २ को कार्यालय गैरेद्दारा उद्घाटन


Sabalnews प्रकाशित मिति : आइतबार, असोज २ २०७९
1K

पाल्पा
नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नं. २ को प्रचार-प्रसार कार्यालय शनिबार तानसेनमा उद्घाटन भएको छ ।
नेकपा एमालेका केन्द्रीय पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरेले कार्यालयको रिबन काटेर उद्घाटन  गर्नुुुभयो।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कार्यालय खोलिएको हो । पोलिटव्युरो सदस्य गैरेको नाम पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि सर्वसम्मत रुपमा उम्मेदवारका लागि सिफारिस भएको छ ।
पाल्पाको विकासका लागि एमालेले जीत आवश्यक रहेकाे बताउदै नेता गैरेले पहाडी जिल्ला मध्ये आफ्नै इतिहास बोकेको पाल्पामा शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर विकास गर्ने बताउनुभयो।
आगामी  निर्वाचनपछि पाल्पाको नयाँ गौरवमय इतिहास कायम हुने गरी काम गर्ने गैरेले प्रतिवद्धता जनाउनुभयो । साेही बखत पाल्पा क्षेत्र नम्बर २ प्रदेश ‘क’ बाट एमालेका तर्फबाट सर्वसम्मत प्रदेश सभाका लागि सिफारिस हुनुभएका उम्मेदवार पर्शुराम भट्टराइले पाल्पा एमालेको लालकिल्ला भएको बताउनुभयो ।
एमालेका तर्फबाट चुनावी मैदानमा होमिने उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर विजयी गराउन एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले अपिल गर्नुभयो।
गठबन्धनका दल र उम्मेदवार नितान्त  दलगत र व्यक्तिगत स्वार्थमा हुने बताउदै एमाले नेताहरूले नेपाल र नेपालीको हितमा काम गर्ने कुनै एजेण्डा नहुँदा सुखी नेपाली, समृद्ध नेपाल बनाउनका लागि एमालेको जीत अपरिहार्य रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com