2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल फार्मेसी संघ पाल्पामा नयाँ नेतृत्व

नेपाल फार्मेसी संघ पाल्पामा नयाँ नेतृत्व


Sabalnews प्रकाशित मिति : शनिबार, असोज १ २०७९
3.6K

पाल्पा ।

नेपाल फार्मेसी संघ पाल्पाको जिल्ला अधिबेशनले सुर्य बस्यालको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
पाल्पाको रामपुरमा भएको संघको प्रथम जिल्ला अधिबेसनले बस्यालको अध्यक्षतामा ७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सदिक्षा न्यौपाने, सचिवमा बासु न्यौपाने, सहसचिव शुलभ आचार्य, कोषाध्यक्षमा नबिन सुवेदी र सदस्यमा सरोज थापा सोमै रहेका छन् भने अर्का एक सदस्य पछि मनोनित गर्नेछ ।

यस अघि खेम नारायण काफ्लेको संयोजकत्बमा तदर्थ समिति गठन भएको थियो । तदर्थ समिति संयोजक तथा निबर्तमान अध्यक्ष काफ्लेलाई अधिबेशनले सर्वसम्मत प्रदेश सदस्यमा सिफारिस गरेको छ । अधिबेशनले निवर्तमान अध्यक्ष खेमनारायण काफ्ले, लक्ष्मण ज्ञवाली, इन्द्रजित थापा र नारायण श्रेष्ठ सदस्य रहेको सल्लाहकार समिति चयन गरेको छ ।
यसैबिच संघको पहिलो बैठक बसेको छ । संघका अध्यक्ष सुर्य बस्यालको अध्यक्षतामा बसेको बैठकले ५ सदस्यीय आर्थिक संकलन समिति चयन गरेको छ । जसको संयोजकत्वमा अध्यक्ष बस्याल नै रहनुभएको छ । साथै बैठकले आउदै गरेको बिजयादशमी तथा दिपावलीको शुभकामना आदान- प्रदान समेत गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com