2

Logo २०८३ बैशाख १३ आइतबार
आज भाद्र १६ गते “रोजगारीको कालो दिवस”

आज भाद्र १६ गते “रोजगारीको कालो दिवस”


Sabalnews प्रकाशित मिति : बिहिबार, भाद्र १६ २०७९
897

काठमाडौं ।

आज भदौ १६ गते इराकमा मारिएका १२ नेपालीको ज्यान गएको दिन । २०६१ साल भाद्र १६ गते ईराकमा काम गर्न पुगेका १२ नेपालीलाई सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले विभत्स हत्या गरेको थियो । ११ दिनको लामो बन्दीपछि उक्त समुहले विभिन्न म्यानपावर मार्फत नेपालबाट गएका ति नेपालीको हत्या गरेको हो ।

रोजगारीका लागि ईराक पुगेका नेपालीको विभत्स हत्यापछि आक्रोशित नेपाली र मृतकका आफन्तले काठमाडौंमा राजधानीमा रहेका मेनपावरमा आक्रमण गरेका थिए । सरकारले सफलतापुर्वक ती नेपालीलाई फिर्ता गर्न नसकेको भन्दै सरकारको विरोध गर्दै नेपालका ३ सय म्यानपावर, मिडिया हाउस सहित ३ लाख राहदानी बिरोधकर्ताले जलाएका थिए । सो बिरोधमा करिव ३ अर्व बराबरको क्षति भएको थियो ।

सरकारले यस घटनाबारे छानबिन र अनुसन्धान गर्न तत्कालिन समयमा टोप बहादुर सिंहको संयोजकत्वमा छानबिन आयोग गठन गरेपनि प्रतिवेदनको खासै औचित्य भएन ।
२०६४ साल भदौ १६ गते त्रिपुरेश्वर बालाजु र सुन्धारामा गरि काठमाडौंको ३ ठाउँमा बम विस्फोट गरेको थियो । २०६६ साल भाद्र १६  गते उपराष्ट्रपति परमानन्द झाको घर नजिक बम विस्फोट भएको थियो ।

सोही घटना पछि नेपाल सरकारले ईराक जान प्रतिवन्ध लगाएको थियो । सरकारले प्रतिबन्ध लगाएपनि गैरकानुनी बाटोबाट अझै पनि ईराक जानेको कमी छैन । चोर बाटो अपनाएर मेनपावर कम्पनीहरुले अन्य देश हुँदै ईराक पठाउने गरेका हुन् । ईराकमै रहेर काम गर्दै गरेका सयौं युवाहरु अझै पनि ईराकमा छन् ।

ईराकमा बंकरमा बसेर नै काम गर्नुपरेको पीडा सुनाउने नेपालीहरुको कहानी बेला- बेला विभिन्न माध्यमबाट बाहिर आउने गरेको छ । वैदेशिक राजगार व्यवसायी संघसंस्थाले ईराकमात्र होइन जहाँ बढी पैसा आउँछ त्यहाँ अवैध रुपमा नेपाली कामदार पठाउने गरेका छन् ।

तर उनीहरु भने भदौ १६ गते ठूलो क्षति भएको भन्दै कालो दिवसकै रुपमा मनाउँदै आएका छन् । काठमाडौंमा तत्कालीन समयमा तोडफोड हुँदा प्रशासनले स्थिति सम्हाल्न सकेको थिएन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com