2

Logo २०८३ बैशाख १३ आइतबार
सडक भासिदा अवरुद्द पाल्पा- बुटवल सडक खण्ड मर्मत हुदै

सडक भासिदा अवरुद्द पाल्पा- बुटवल सडक खण्ड मर्मत हुदै


Sabalnews प्रकाशित मिति : बिहिबार, भाद्र १६ २०७९
1.2K

पाल्पा

सडक भाँसिदा अबरुद्ध बनेको बुटवल पाल्पा सडक खण्डको हिउँदेखोलामा बाटो मर्मत भईरहेको छ । बिगत देखिनै सडक भासिएको हिउँदेखोला नजिकै झण्डै ४० मिटर सडक भाँसिएपछि दिउँसोबाट राजमार्ग अवरुद्ध भएको थियो ।

सडक भासिएकै कारण सवारी साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी वीरेन्द्र थापाले बताउनुभयो । सडक डिभिजन कार्यालयको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको थापाले बताउनुभयो ।

सडक अबरुद्ध हुँदा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा तर्फ आउने सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

मर्मत कार्य जारी रहेकोले सडक कतिबेलाबाट खुल्छ भन्नेबारे केही भन्न नसकिने प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com