2

Logo २०८३ बैशाख १३ आइतबार
काङ्ग्रेस नेता प्रदिप गिरी भेन्टिलेटरमा, बैचारिक समुहले गर्यो प्राथना सभा

काङ्ग्रेस नेता प्रदिप गिरी भेन्टिलेटरमा, बैचारिक समुहले गर्यो प्राथना सभा


Sabalnews प्रकाशित मिति : शुक्रबार, भाद्र ३ २०७९
645

काठमाडौं

नेपाली काङ्ग्रेसका वरिष्ठ राजनीतिज्ञ तथा प्रखर विचारक प्रदिप गिरीको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा उपचार भैरहेको छ ।

क्यान्सर रोग पिडित गिरी २ दिन देखि मेडीसिटी अस्पताल भैसेपाटीमा भेन्टिलेटरको सहायतामा उपचार गरिरहनुभएको नेताहरुले बताएका छन् । गिरीको शिघ्र स्वास्थ्य लाभको कामाना गर्दै शुक्रबार नेपाली काङ्ग्रेस वैचारिक अभियानले  नेपाल साङ्स्कृतिक सङ्घ डिल्लीबजारमा प्रार्थना सभा गरेको छ ।

नेपाली काङ्ग्रेसका बैचारिक अभियानका संस्थापक संयोजक युवराज खातीको अध्यक्षतामा भएको कार्यक्रममा वैचारिक नेता नरहरी आचार्य, दिपकुमार उपाध्याय, दुर्गा सुवेदी लगायतले कुशल नेता गिरीको ब्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्यहरु एन.पि. साउत, दिपक गिरी, सन्जय गौतम, प्रतिमा गौतम, गुरु बराल,  नानू बास्तोला सहित नेताहरु तिर्थराम डंगोल, होमनाथ दाहाल लगायतले गिरीको स्वास्थ्य अबस्थाबारे चिन्तित हुँदै गिरीको विचार काङ्ग्रेसका कोइरालाले देखेको समाजबाद र उदारबाद उन्मुख रहेको औल्याएका थिए ।

वटुकहरुद्वारा शान्ति पाठ र महामृत्युञ्जय मन्त्रोचारण गरिएको प्राथना सभामा सहभागी सबैले दिप प्रज्वलन गरि गिरिको स्वास्थलाभको कामना गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com