2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाको अन्धकारमुक्ति सहकारी प्रदेशमा नै उत्कृष्ट

पाल्पाको अन्धकारमुक्ति सहकारी प्रदेशमा नै उत्कृष्ट


Sabalnews प्रकाशित मिति : बिहिबार, भाद्र २ २०७९
3.2K

पाल्पा ।

पाल्पा जिल्लाको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लुम्बिनी प्रदेशमै उत्कृष्ट सहकारी बन्न सफल भएको छ ।

नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) केन्द्रले आफ्नो ३५ औँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशका बचत तथा ऋण सहकारीमध्ये अन्धकारमुक्तिलाई उत्कृष्ट पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

नेफ्स्कुनले गत असार १५ देखि साउन १५ गतेसम्म पुरस्कारका लागि आवेदन आह्वान गरेको थियो । जसअनुसार लुम्बिनी प्रदेशबाट अन्धकारमुक्ति साकोस छनोट भएको छ ।  नेफ्स्कुनको आगामी साधारण सभामा पुरस्कार प्रदान गरिनेछ । अन्धकार मुक्ति बचत तथा ऋण सहकारी गत वर्ष पनि लघुवित्ततर्फ उत्कृष्ट भएर पुरस्कार प्राप्त गरेको थियो ।

विसं २०५५ सालमा समुहबाट बिकसित हुदै सहकारीमा विकास भएको हो । हाल यस सहकारीमा १० हजारभन्दा बढी शेयर सदस्य आवद्ध छन् । जिल्लाको पुर्वी भेगका ४ पालिकामा कार्य क्षेत्र रहेको यस सहकारीको कुल पूँजी १ अर्ब ३२ करोड रहेको छ ।

बचत तथा ऋणको कारोबार गर्दै आएको सहकारीले लघुवित्त सेवा प्रदान गर्दै आएको छ । रामपुर नगरपालिका–७ डुम्रीगाउँमा प्रधान कार्यालय रहेको यस सहकारीले केन्द्रिय कार्यालय संगै रामपुर ५ बेझाँड बजार, रामपुर ९ जब्गादी, रामपुर १० रामटार, निस्दी–५  ढुङ्गानाबेँसी र रम्भा गाउँपालिका–५  ताहुँ सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

सहकारीले सेवाग्राहीलाई दृष्टिगत गर्दै ३ सय ६५ दिन नै सेवा दिँदै आएको र लघुवित्तमार्फत धेरैले व्यापार, व्यवसाय गरेर राम्रो प्रगति गर्न सफल भएको संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो। थोरै सदस्य, थोरै जनशक्ति र सानो पुजीबाट शुरु भएको सहकारी जिल्लामा नै उत्कृष्ट भएकोमा अहिले प्रदेशमा नै उत्कृष्ट हुँदा सबैको हौसलाले संस्था सफल गतिमा लम्किएको सहकारीका व्यवस्थापक दीपेन्द्र पौडेलले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com