2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाली काङ्ग्रेसमा १० महिला नेतृ केन्द्रिय सदस्यमा मनोनित (को-को भए केन्द्रिय सदस्य)

नेपाली काङ्ग्रेसमा १० महिला नेतृ केन्द्रिय सदस्यमा मनोनित (को-को भए केन्द्रिय सदस्य)


Sabalnews प्रकाशित मिति : मंगलबार, साउन ३१ २०७९
3.1K

काठमाडौं ।

नेपाली कांग्रेसले पार्टीका १० महिला नेतृलाई केन्द्रीय कार्य समिति सदस्य पदमा मनोनित गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा क्रियाशिल विभिन्न जिल्लाका महिला नेतालाई केन्द्रिय कमिटिमा मनोनित गर्नुभएको हो ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा देशभरका स्थानीय तहका प्रमुख,उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलाई प्रशिक्षण चलिरहेको छ । यसैबिचमा सभापति देउवाले महोत्तरीका किरण यादव, काठमाडौंका राधा घले र कल्याणी रिजाल, ललितपुरका धना खतिवडा, धादिङका उर्मिला थपलिया, मोरङका रुक्मीणी कोइराला, झापाका गोमा भट्टराई, रुपन्देहीका गङ्गा शाही, सुनसरीका लक्ष्मी खतिवडा र नवलपुरका सीता देवकोटालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो ।

गत मंसिरमा भएको नेपाली काङ्ग्रेसको केन्द्रिय महाधिवेशनबाट निर्वाचित सभापति देउवाले उहाँहरुलाई पार्टीको विधान बमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com