2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा विकास केन्द्रको अध्यक्षमा पुनः कृष्ण पोखरेल

पाल्पा विकास केन्द्रको अध्यक्षमा पुनः कृष्ण पोखरेल


Sabalnews प्रकाशित मिति : शनिबार, साउन २८ २०७९
2.3K

पाल्पा ।

पाल्पामा रहेर मिडिया क्षेत्रको विकासमा काम गर्दै आएको पाल्पा विकास केन्द्रको अध्यक्षमा पुनः  पत्रकार कृष्ण पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार तानसेनमा भएको केन्द्रको १२ औं साधारण सभा तथा चौथौं अधिवेशनले पोखरेललाई पुनः अध्यक्षमा चयन गरेको हो ।

केन्द्रको उपाध्यक्षमा कृष्ण गहतराज, सचिवमा विनोद नेपाल, सह–सचिवमा विनोद भारती, कोषाध्यक्षमा बसन्ती ढकाललाई चयन गरेको छ । यस्तै केन्द्रको सदस्यमा किरण कौशल, किशोर भट्टराई, विश्वराज भट्टराई र शर्मिला अधिकारी रहनुभएको छ ।
केन्द्रको सल्लाहकारमा बाबुराम कार्की, गोपाल प्रसाद बस्याल, मेघराज शर्मा र झपेन्द्र जिसी हुनुहुन्छ ।

पाल्पा जिल्लामा रहेर लामो समयदेखि पत्रकारिता गरिरहनुभएका सक्रिय पत्रकार पोखरेलले संस्थालाई थप सशक्त बनाउँदै लैजाने बताउनुभयो । लुम्बिनी प्रदेशमा सस्था सक्रिय बनाउदै मिडिया क्षेत्रलाई आगामी दिनमा सशक्त बनाउन प्रयत्न रहने प्रतिबद्धता जनाउनुभयो ।

अधिवेशनको उद्घाटन गर्दै गैरसरकारी महासंघ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सीनाले पाल्पा विकास केन्द्रले मिडियाको विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । नेतृत्वदायी संस्था र निकायको सहयोगी भूमिकामा गैरसरकारी संस्थाहरुले काम गर्दै आएकाले स्थानीय सरकारहरुले त्यही अनुसारको समन्वय र भूमिका खेल्नुपर्नेमा अध्यक्ष तिमिल्सीनाले जोड दिनुभयो ।

कार्यक्रममा पाल्पा संग्रहालयका अध्यक्ष राजेन्द्र गोपाल सिंह, तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्करराज रेग्मी, पशु सेवा कार्यालयका प्राविधिक युवराज ज्ञवाली, निर्वाचन मण्डलका संयोजक बाबुराम कार्की लगायतले केन्द्रको गतिविधि र खेलेको सामाजिक कार्यबारे बोल्नुभएको थियो ।
विकास केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले केन्द्रले गरेका कार्यक्रम र समन्वय विषयमा जानकारी दिनुभयो । केन्द्रका कोषाध्यक्ष बसन्ती ढकालले १ करोड १२ लाख २२ हजार बराबरको आय व्यय प्रस्तुत गर्नुभयो ।

संस्थाका अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षता, सचिव विनोद नेपालको स्वागत र भविन्द्र गौतमको सञ्चालनमा कार्यक्रम भएको हो ।

२०६५ सालमा स्थापना भएको पाल्पा विकास केन्द्रले लुम्बिनी प्रदेशमा मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com