काठमाडौं रेडक्रसको अध्यक्षमा डोटेलको प्यानल बिजयी
काठमाडौं ।
नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाको अधिबेशनबाट श्यामकाजी डोटेलको नेतृत्वमा समिति निर्वाचित भएको छ ।
शनिवार सम्पन्न ४० औं अधिवेशनले जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्य निर्वाचित गरेको हो ।

सभापतिमा बिजयी डोटेलले ६९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी लबराज श्रेष्ठको ३४ मत छ ।
समिति सभापति श्यामकाजी डोटेलको सभापतित्वमा निर्वाचित समितिको उपसभापतिमा बिष्णुमान मानन्धर, उपसभापतिमा अन्जना श्रेष्ठ मास्के, मन्त्रीमा वृद्धिमान शाक्य, कोषाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, उपमन्त्रीमा सुनिल कुमार श्रेष्ठ, उप-कोषाध्यक्षमा नवराज भन्डारी, सदस्यहरुमा पुष्कर चालिसे, श्यामलाल तन्डुकार, अमृत नारायण मानन्धर, बिदुर भट्टराई, राजेन्द्र बानियाँ, लक्ष्मी प्रसाद कुईकेल, राजेन्द्रप्रसाद श्रेष्ठ, प्रतिष्ठा खरेल, मन्जु पाण्डे र सब्बारानी महर्जन रहेका छन् ।

सभापतिमा निर्वाचित समिति सभापति डोटेलले रेडक्रस सेवाको भावना केन्द्रित गराउदै समन्वयमा अघि बढ्ने बताउनुभयो ।