हिन्दू राष्ट्र माग गर्दै खाली खुट्टा २१ दिनमा दाङका युवा पशुपतिनाथ
काठमाडौं ।
हिन्दू राष्ट्र स्थापना मुख्य माग राख्दै एक जना युवा २१ दिनको खाली खुट्टा पैदल यात्रा गर्दै पशुपतिनाथ आईपुगेका छन् ।
दाङ्गका युवा झनक बस्नेत चार जिल्लाको सिमाना बबई नदि देखि काठमाडौं सम्मको खाली खुट्टा पैदल यात्रागरि बिहिबार काडमाडौ आइपुगेका हुन् ।
सनातन हिन्दु राष्ट्र नेपाल सहित संघीयता खारेज हुनुपर्ने माग राख्दै साउन ४ गते देखि चार जिल्लाको सिमाना कोहलपुर-सुर्खेत सडक खण्डमा पर्ने बबई नदि तटबाट खाली खुट्टा पैदल यात्रा शुरु गरेका थिए । दाङ काङ्ग्रेस युवा नेता बस्नेतले २१ दिन आईपुग्दा आफ्नो यात्रालाई पशुपतिनाथ मन्दिर पुगेर विश्राम गरेका हुन् ।
हिन्दु महाअभियान नेपाल आन्दोलनका लागी नेपाली कांग्रेसका नेता स्व. खुम बहादुर खड्काको नाममा समर्पित गरेका थिए । यात्रा बाँके, बर्दिया, सुर्खेत र सल्यानको सिमाना कोहलपुर देखि छिन्छुको बिचमा पर्ने बबई पुल देखि शुरु गरेका बस्नेतलाई ठाउँ-ठाउँमा स्थानीयवासीहरुले स्वागत र विदाई गर्दै पठाएका थिए ।
खाली खुट्टा पैदल यात्रा गरेका बस्नेतले पशुपति मन्दिरमा यात्रा विसर्जन गर्दै भने-‘मेरो पैदल यात्रा संघीयता खारेजी र हिन्दू राष्ट्र कायम गराउन लक्षित हो ।’
शुभचिन्तक,आफन्त,साथिभाई सहित हिन्दू धर्ममा विश्वास गर्नेहरुले पैदल यात्रु बस्नेतलाई पशुपति मन्दिर परिसरमा एक कार्यक्रम गरि स्वागत गरेका छन् ।
नेपाली कांग्रेस तुल्सिपुर उप-महानगरपालिका कमिटिका सह-सचिव समेत रहेका बस्नेत युवाहरुमाझ चिरपरिचित कांग्रेस अनुहार हो ।