2

Logo २०८३ बैशाख १३ आइतबार
पर्यटक लोभ्याउने पाल्पाको श्रीनगरडाडा पुग्नेहरु बढ्दै

पर्यटक लोभ्याउने पाल्पाको श्रीनगरडाडा पुग्नेहरु बढ्दै


बिन्दु थापा प्रकाशित मिति : बिहिबार, साउन २६ २०७९
1.6K

पाल्पा
सुन्दर वातावरण हरियाली डाँडाकाँडा पाखापखेराले भरिभराउ पाल्पा अहिले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनिरहेको छ । सुन्दर डाँडा श्रीनगरले पनि पर्यटक लोभ्याइरहेको छ ।

व्यस्त रहेकाहरुको तनाव भुलाउने नजिकको गन्तब्य श्रीनगर बनेको छ । पर्यटकीय विश्रामस्थल बन्दै गरेको तानसेनमा प्राकृतिक दृष्य अवलोकनका लागि पनि घुम्न आउने पर्यटकको संख्या बढिरहेको छ । तानसेनको शिरको रुपमा श्रीनगर डाडा रहेकोले पनि मोर्निङवाक गर्ने र साँझपख शितलताको लागि आउनेको भिड लाग्छ ।

श्रीनगरको अवलोकन गर्ने र रमणीय वनमा बसेर भावी जीवनका सपना बुन्दैगरेका जोडी यहाँ प्रसस्तै आउनेगरेको स्थानीयको भनाइ छ । ‘सबै उमेर समूहका मान्छे भेटिन्छन् श्रीनगर डाँडामा’ स्थानियबासी रमेश कुँवरले भन्नुभयो । तानसेन बजारदेखि करिब आधा किलोमिटर दूरीमा रहेको श्रीनगर मनोरञ्जन लिनेको ठाउँ पनि बनेको छ  । 

“मोटोपन भएकाहरुले यहाँ आएर व्यायाम गर्दा आनन्द आउँछ, बिहानमा उकालो चढ्दा पसिना आउँछ, शरीर घटाउने राम्रो उपाय यही हो” तानसेन ४ बाट मर्निङवाकमा आउनुभएका सुसान्त भण्डारीले भन्नुभयो । श्रीनगरमा आउनेहरुका लागि तानसेन नगरपालिकाले टिकट प्रणाली सञ्चालनमा ल्याएको छ । जसबाट ५ पुरुष र १ महिलाले रोजगारी पाएका छन् ।

श्रीनगरको संरक्षण र यहाँको सरसफाइमा आर्थिक व्यवस्थापनका लागि टिकट सिस्टम गरिएको तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । श्रीनगरलाई व्यवस्थित बनाउने नाममा श्रीनगर पर्यापर्यटनको  लापरवाही पछि अहिले तानसेन नगरपालिकाले श्रीनगरको आफै जिम्मा लिएको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो ।

श्रीनगरमा दैनिक एक सयदेखि एक हजार जनासम्म घुम्न आउने गरेको तानसेन नगरपालिकाले जनाएको छ । तानसेन नगरपालिका सरसफाइ विभागका प्रमुख शंकर भण्डारीका अनुसार यहाँ बाह्य पर्यटकको पनि घुइँचो लाग्छ । छिमेकी मुलुक भारतबाट बढी पर्यटक यहाँ पुग्छन् ।

श्रीनगरमा प्रवेश गर्न टिकट शुल्क २० रुपयाँ तोकिएको छ । श्रीनगर बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुल्ने गर्छ । मर्डिङ वाकको लागि स्थानीयलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

यहाँ भएको भ्युटावरबाट सुन्दर हिमालहरु माछापुच्छ्रे, धवलागिरि, अन्नपुर्णको अवलोकन गर्न सकिन्छ । टावरबाट भैरहवा, नौतनहवा, तानसेन र वरपरका दृश्यहरु देखिन्छ । श्रीनगर लगभग ७० हेक्टर क्षेत्रफलमा फैलिएको छ । समुन्द्री सतहदेखि १३ सय ७२ मिटर उचाइमा अबस्थित चिसो हावापानीले मोहक पाल्पाको शीनगर डाडाले नेपाली सहित बिदेशीको मन तानेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com