2

Logo २०८३ बैशाख १३ आइतबार
हिन्दू राष्ट्र माग गर्दै खाली खुट्टा २१ दिनमा दाङका युवा पशुपतिनाथ

हिन्दू राष्ट्र माग गर्दै खाली खुट्टा २१ दिनमा दाङका युवा पशुपतिनाथ


Sabalnews प्रकाशित मिति : बिहिबार, साउन २६ २०७९
1.7K

काठमाडौं

हिन्दू राष्ट्र स्थापना मुख्य माग राख्दै एक जना युवा २१ दिनको खाली खुट्टा पैदल यात्रा गर्दै पशुपतिनाथ आईपुगेका छन् ।

दाङ्गका युवा झनक बस्नेत चार जिल्लाको सिमाना बबई नदि देखि काठमाडौं सम्मको खाली खुट्टा पैदल यात्रागरि बिहिबार काडमाडौ आइपुगेका हुन् ।

सनातन हिन्दु राष्ट्र नेपाल सहित संघीयता खारेज हुनुपर्ने माग राख्दै साउन ४ गते देखि चार जिल्लाको सिमाना कोहलपुर-सुर्खेत सडक खण्डमा पर्ने बबई नदि तटबाट खाली खुट्टा पैदल यात्रा शुरु गरेका थिए ।  दाङ काङ्ग्रेस युवा नेता बस्नेतले २१ दिन आईपुग्दा आफ्नो यात्रालाई पशुपतिनाथ मन्दिर पुगेर विश्राम गरेका हुन्  ।

हिन्दु महाअभियान नेपाल आन्दोलनका लागी नेपाली कांग्रेसका नेता स्व. खुम बहादुर खड्काको नाममा समर्पित गरेका थिए । यात्रा बाँके, बर्दिया, सुर्खेत र सल्यानको सिमाना कोहलपुर देखि छिन्छुको बिचमा पर्ने बबई पुल देखि शुरु गरेका बस्नेतलाई ठाउँ-ठाउँमा स्थानीयवासीहरुले स्वागत र विदाई गर्दै पठाएका थिए ।

खाली खुट्टा पैदल यात्रा गरेका बस्नेतले पशुपति मन्दिरमा यात्रा विसर्जन गर्दै भने-‘मेरो पैदल यात्रा संघीयता खारेजी र हिन्दू राष्ट्र कायम गराउन लक्षित हो ।’

शुभचिन्तक,आफन्त,साथिभाई सहित हिन्दू धर्ममा विश्वास गर्नेहरुले पैदल यात्रु बस्नेतलाई पशुपति मन्दिर परिसरमा एक कार्यक्रम गरि स्वागत गरेका छन् ।

नेपाली कांग्रेस तुल्सिपुर उप-महानगरपालिका कमिटिका सह-सचिव समेत रहेका बस्नेत युवाहरुमाझ चिरपरिचित कांग्रेस अनुहार हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com