2

Logo २०८३ बैशाख १३ आइतबार
स्याङ्जामा ६ महिनाको बालिका ट्वाइलेटमा मृत फेला

स्याङ्जामा ६ महिनाको बालिका ट्वाइलेटमा मृत फेला


Sabalnews प्रकाशित मिति : आइतबार, साउन २२ २०७९
1.3K

स्याङ्जा ।

स्याङ्जाको गल्याङ नगरपालिकामा ६ महिनाकी बालिकाको  लास ट्वाईलेटमा सडेको अवस्थामा फेला परेको छ ।

गल्याङ नगरपालिका २ ईलुङगा बस्ने मिन बहादुर रानाको श्रीमती २२ वर्षीय लक्ष्मी रानाको छोरीको लास अस्थायी ट्वाईलेटको खाल्टोमा सडेगलेको अवस्थामा साउन २० गते फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

प्रहरीले उक्त घटनामा सलंग्न भएको आशंकामा रामपुर नगरपालिका १० कुमाल गाउँ बस्ने २२ वर्षीय केदार कुमाल र गल्याङ नगरपालिका २ इलुङगा बस्ने मिन बहादुर रानाको श्रीमती २२ वर्षीय लक्ष्मी रानालाई साउन २० गते दिउँसो १ बजे गल्याङ नगरपालिका ३ गल्याङ बजारबाट नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका दुबै जनालाई ज्यान सम्बन्धि कसूरमा म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

साउन १० गते लक्ष्मी रानाले घरमा कोही कसैलाई नसोधि ६ महिनाको छोरी लिएर हिडेपछि सम्पर्क बिहिन भएकी थिइन् ।  बुहारी र नातिनी सम्पर्क बिहिन भएपछि निजको ससुराले साउन १२ गते प्रहरीकोमा निवदेन दिएका थिए ।

निवेदनमा बुहारी लक्ष्मी रानाले पाल्पा, रामपुर नगरपालिका १० कुमाल गाउँ बस्ने २२ वर्षीय केदार कुमालसँग भागि बिवाह गरेको बताइएको थियो ।
प्रहरीले यही सूचनाको आधारमा खोजतलास गर्दा साउन २० गते दिउँसो १ बजे गल्याङ नगरपालिका ३ गल्याङ बजारमा फेला पारी दुवै जनालाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिई अनुसन्धान गर्दा निज महिलाले ६ महिनाको छोरीलाई साउन १० गते राति १२ बजे निजको अस्थायी ट्वाईलेटको खाल्टोमा फाली गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । प्रहरीले खोजताल गर्दै जाँदा सोही स्थान (खाल्टो) मा सडेगलेको अवस्थामा बच्चाको लास फेला परेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com