2

Logo २०८३ बैशाख १३ आइतबार
प्रथम रामपुर नगर भलिबल संघको अध्यक्षमा देव बहादुर श्रेष्ठ

प्रथम रामपुर नगर भलिबल संघको अध्यक्षमा देव बहादुर श्रेष्ठ


Sabalnews प्रकाशित मिति : शनिबार, साउन २१ २०७९
3.1K

पाल्पा ।

रामपुर नगरपालिकाका खेलाडी, खेलप्रेमीहरुको भेलाले खेल प्रशिक्षक तथा खेलाडी देव बहादुर श्रेष्ठको अध्यक्षतामा नगर स्तरीय रामपुर भलिबल संघ गठन गरेको छ ।

नेपाल भलिबल संघको निर्णय अनुसार देशका सबै ७५३ पालिकामा भलिबल संघ गठन गर्ने नीति अनुसार जिल्ला भलिबल संघ पाल्पाको आयोजनामा रामपुरमा बसेको भेलाले श्रेष्ठको अध्यक्षतामा प्रथम रामपुर भलिबल संघ गठन गरेको हो ।

समितिको उपाध्यक्षमा गोविन्द राना (अर्जुन) र  लक्ष्मण थापा, कोषाध्यक्षमा हरि राना, सचिवमा डोलराज श्रेष्ठ र सहसचिवमा सुर्यज्योती खाँण सर्वसम्मत चयन हुनुभएको हो । अन्य समितिको सदस्यहरुमा रहनुभएको सदस्य नविन भट्टले जानकारी दिनुभयो ।

त्यस्तै भेलाले संघको सल्लाहकारमा कमल सेन, शंकर बहादुर खाँण, खिम बहादुर क्षेत्री (पुरुषोत्तम), विष्णु थापा, रामचन्द्र मल्ल, ज्ञान बहादुर थापा, गणेश वंशी, कमल खाँण, श्याम मल्ल र निलकण्ठ सिग्देललाई चयन गरेको छ।
भेलामा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलकुदको विकासमा नगर लागेको बताउनुभयो । जिल्ला भलिबल संघ पाल्पाका रेफ्री संयाेजक नेत्र बहादुर गाहा, जिल्ला खेलकुद बिकास समिति पाल्पाका निवर्तमान सदस्य कमल सेन, रामपुर नगर खेलकुद विकास समिति अध्यक्ष शंकर बहादुर खाणले शुभकामना व्यक्त गर्नुभएको थियो ।

जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङको अध्यक्षता, जिल्ला भलिबल संघका सदस्य कमल रानाको स्वागत र जिल्ला भलिबल संघका उपाध्यक्ष नारायण सारुको सञ्चालनमा कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com