2

Logo २०८३ बैशाख १३ आइतबार
परमानन्द बाल वृद्ध कल्याण संघको अध्यक्षमा देवकोटा

परमानन्द बाल वृद्ध कल्याण संघको अध्यक्षमा देवकोटा


Sabalnews प्रकाशित मिति : शनिबार, साउन २१ २०७९
2.8K

पाल्पा ।

परमान्नद बाल वृद्ध कल्याण संघ पाल्पाकाे नवौं साधारण सभा तथा चाैथाे अधिवेशन सम्पन्न भएकाे छ ।

अधिबेशनले शिव देवकाेटाकाे अध्यक्षता ९ सदस्यीय परमानन्द बाल-बृद्ध कल्याण संघ पाल्पाको नयाँ नेतृत्व चयन गरेको छ ।  संघकाे उपाध्यक्ष सरिता भण्डारी, सचिवमा तुल वहादुर रावल,  सह सचिवमा रमेश वाेहाेरा र कोषाध्यक्षमा भाेजराज पराजुली चयन हुनु भएकाे छ भने अन्य सदस्यमा रहनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिका वडा न ७ का वडा अध्यक्ष प्रदिप खनालले साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्नुहुँदै नब निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो । मानव अधिकारकर्मी कृष्ण रावल, समाजसेवी माधव नेपाल, पत्रकार जिवलाल सुवेदी लगाएतले संघले गरेको सेवाका सन्दर्भमा बोल्नुभएको थियो । सस्थाका पुर्व अध्यक्ष हिरा आचार्यले सस्थाकाे गतिविधिका बारेमा जानकारी दिनुभएको हो ।

संघका कार्यबाहक अध्यक्ष सरिता भण्डारीकाे अध्यक्षतामा  चलेकाे कार्यक्रम शिव देवकाेटाको संचालनमा भएको हो । सोही अबसरमा संघका आजिवन सदस्यहरूलाई खादा ओढाएर सम्मान गरिएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com