अनलाइन राहदानी आवेदन अब दिउँसो खुल्ने
काठमाण्डौ ।
राहदानी विभागले ई पासपोर्टको लागि अनलाइन आवेदन अब बिहान ११ बजे खुलाउने भएको छ ।
यसअघि अपरान्ह साढे ४ बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन भोलि (मंगलबार) देखि बिहान ११ बजे खुलाउने विभागले जनाएको हो । यो आवेदन प्रि इनरोलमेन्टको लागि हो । विभागले दैनिक २४ सय जनाको लागि प्रि इनरोलमेन्ट खोल्छ । प्रि इनरोलमेन्ट गरिसकेपछि आवेदक प्राप्त मितिमा राहदानी विभागमा पुग्नुपर्छ ।
यस्तै विभागले दैनिक २४ सय जनाको कोटा पनि बढाउने जनाएको छ ।