2

Logo २०८३ बैशाख १३ आइतबार
आज साउन १५, खिर खाएर मनाइदै

आज साउन १५, खिर खाएर मनाइदै


Sabalnews प्रकाशित मिति : आइतबार, साउन १५ २०७९
736

काठमाडौं ।

आज साउनको १५ गते खिर खाएर देशभर मनाइँदै छ । कुनै धार्मिक महत्त्व नभए पनि सांस्कृतिक रुपमा मनाउने गरिन्छ ।

असार १५ मा दही चिउरा खाँदै रोपाइँ गरेका किसानले असारको व्यस्तताबाट केही राहत मिलेपछि चिसोबाट जोगिन साउन १५ मा खिर खाने चलन छ ।

वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खिर खाने गरिएको बताइन्छ । असार महिनाभरि हिलोमा काम गर्दा चिसो लाग्ने र तातो खिर खाँदा चिसोबाट जोगिने जनविश्वास छ ।

एक महिनाअघि असार १५ गते दही चिउरा खाए जस्तै साउनको १५ मा खिर खाने चलन बढ्दो छ ।

परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् । नेपाल डेरी एसोसिएशनका अनुसार अघिपछिको तुलनामा आज झन्डै ५ गुणाभन्दा बढी दूध खपत हुन्छ ।

आज झन्डै ५० लाख लिटर दूध बिक्री हुने र यसबाट झन्डै ५० करोड रुपैयाँ बराबर कारोबार हुने एसोसिएशनले जनाएको छ । आज राजधानीका विभिन्न स्थानमा संघ सस्थाले खिर दिवसको रुपमा खिर खाने खुवाउने आयोजना गरेका छन् । देशका विभिन्न ठाउँमा सामुहिक खिरको आयोजना गरेका छन् भने नेपालीका घर- घरमा आज खिर पाक्दछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com