2

Logo २०८३ बैशाख १३ आइतबार
नेजाको १५औं साधारण सभा सम्पन्न, सभाले संशोधित विधान-२०२२ पारित

नेजाको १५औं साधारण सभा सम्पन्न, सभाले संशोधित विधान-२०२२ पारित


Sabalnews प्रकाशित मिति : शनिबार, साउन १४ २०७९
1.2K

क्यालिफोर्निया ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १५औं साधारण सभा क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा सम्पन्न भएको छ ।

२३ र २४ जुलाई २०२२ मा आयोजित साधारण सभाले संघको संशोधित विधान-२०२२ पारित गरेको छ । यसैगरी, साधारण सभाको बन्दसत्रबाट नेजासम्बद्ध आचारसंहिता-२०२२, पुरस्कार एवं सम्मान कार्यविधि-२०२२ पारित भएको छ ।

साधारण सभाले नेपाल पत्रकार महासंघसँग सहकार्यसम्बन्धी समझदारी गर्नका लागि प्रस्तावित समझदारी-पत्रको मस्यौदालाई पारित गरेको छ । यसैगरी, संघका महासचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।

साधारण सभामा यसै वर्षदेखि सुरु भएको ‘नेजा-एनआरएनए, एनसीसी यूएसए पत्रकारिता सम्मान’ बाट गिरीश पोख्रेल र विजय घिमिरेलाई संयुक्त रुपमा सम्मान गरियो । सम्मानित पोख्रेल नेजाका संस्थापक अध्यक्ष हुनुहुन्छ भने घिमिरे लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । उक्त सम्मानको राशि दुई हजार डलर रहेको छ ।

सभाको उद्घाटन गर्नुहुँदै नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले लामो समयदेखि पत्रकार महासंघ र नेजाबीच सहकार्य हुँदै आएकोमा यो सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले नेपाली पत्रकारिताको विकासका लागि नेजाले महासंघसँग मिलेर विगतदेखि नै सहकार्य गर्दै आएको र नेपाली पत्रकारलाई गर्दै आएको सक्रिय सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

नेजाका अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षता तथा महासचिव सुरज भण्डारीको सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा अवैतनिक महाबाणिज्यदूत ऋषि पुनाखर ढकाल, गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, नेजाका संस्थापक अध्यक्ष गिरीश पोख्रेल, पर्यटनदूत धन दवाडीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस्तै, साधारण सभाको सफलताका लागि शुभकामना व्यक्त गर्नेहरुमा एनआरएनए सचिव कृष्ण केसी, एनआरएनए अमेरिकाका उपाध्यक्षद्वय डिलु पराजुली र दीक्षा बस्नेत, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, नेजाका सल्लाहकार रवि अधिकारी, नेपाल वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष सहजमान श्रेष्ठ, जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरका काबा अध्यक्ष नारायण खनाल, न्यान्सका अध्यक्ष प्रितेश कार्र्की, हिमालयन फाउन्डेसनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठ,तामाङ सोसाईटीका बरिष्ठ उपाध्यक्ष टेक लामा हुनुहुन्थ्यो ।

त्यस्तैगरी, नेजाका आजीवन सदस्य एवं मदरल्यान्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डे, एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा, एभरेस्ट क्रेडिट युनियनका बोर्ड मेम्बर डिल्ली भट्टराई, एटोर्नी मिखाइल आर्सेटिभलगायतले साधारण सभाको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संघकी उपाध्यक्ष मच्छेदेवी गुरुङको धन्यवाद मन्तव्य र क्षेत्रीय संयोजक तथा कन्भेनर शिव नेपालको स्वागत मन्तव्य रहेको थियो । सोही अबसरमा नेजाको बुलेटिनसमेत प्रकाशन एवं वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com