2

Logo २०८३ बैशाख १३ आइतबार
स्याङ्जामा सवारी कारबाहीबाट ७१ लाख बढी राजस्व सङ्कलन

स्याङ्जामा सवारी कारबाहीबाट ७१ लाख बढी राजस्व सङ्कलन


Sabalnews प्रकाशित मिति : शनिबार, साउन १४ २०७९
820

स्याङ्जा ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी कारबाहीबाट ७१ लाख ४२ हजार ५ सय राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले आव २०७८/०७९ मा नौ हजार नौ सय १६ सवारी साधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको जनाएको छ ।

सिट क्षमताभन्दा बढी यात्रु चढाउने, चालक अनुमतिपत्र विना सवारी चलाउने, तीव्र गतिमा चलाउने, अनावश्यक हर्नको प्रयोग गर्ने, सवारीको स्वरुप परिवर्तन गर्ने, अनावश्यक स्टिकर टाँस्ने, अस्पष्ट नम्बर प्लेट भएका सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।

गत आवको असारमा मात्रै कार्यालयले सबैभन्दा धेरै एक हजार छ सय १३ विभिन्न सवारी साधनलाई कारबाही गर्दा ११ लाख ३७ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो ।

कार्यालय प्रमुख कुँवरका अनुसार गत आव २०७८/०७९ को साउनमा चार सय ७६, भदौमा पाँच सय ४४, असोजमा छ सय ८०, कात्तिकमा आठ सय १४, मङ्सिरमा छ सय ३९, पुसमा सात सय, माघमा सात सय ५०, फागुनमा आठ सय, चैतमा आठ सय ५०, वैशाखमा नौ सय ५०, जेठमा एकहजार एक सय र असारमा एक हजार छ सय १३ सवारी साधन कारबाहीमा परेका थिए ।

गत आवको साउनमा कारबाहीमा परेका सवारी साधनबाट कार्यालयले रु तीन लाख ३७ हजार पाँच सय, भदौमा रु तीन लाख ९५ हजार पाँच सय, असोजमा रु चार लाख ८४ हजार पाँच सय, कात्तिकमा रु छ लाख ६५ हजार, मङ्सिरमा रु चार लाख ८५ हजार पाँच सय, पुसमा रु चार लाख ८५ हजार, माघमा रु पाँच लाख ३१ हजार, फागुनमा रु पाँच लाख ७१ हजार, चैतमा रु छ लाख १४ हजार, वैशाखमा रु छ लाख ६४ हजार पाँच सय, जेठमा रु सात लाख ७१ हजार पाँच सय र असारमा रु ११ लाख ३७ हजार पाँच सय गरी कूल रु ७१ लाख ४२ हजार पाँच सय राजस्व सङ्कलन भएको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com