बालिका यौन दुराचार अभियोगमा पाल्पामा ६२ वर्षिय पुरुष पक्राउ
पाल्पा ।
पाल्पा प्रहरीले ५ वर्षिया बालिकामाथि यौन दुराचार गर्ने ६२ वर्षिय पुरुषलाई पक्राउ गरेको छ ।
पाल्पाको रैनादेबी छहरा गाँउपालिका ६ बस्ने ६२ वर्षिय सोमान सिंह बलाललाई बाल यौन दुरुचारको अभियोगमा पक्राउ गरेको हो ।
बलालले स्थानीय ५ वर्षिया बालिकालाई घरमा कोही नभएको अवस्थामा बालिकाको घरमा गई यौन दुराचार गरेको उजुरीका आधारमा उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बालिकाका आफन्तले बल्डेेङगढी प्रहरी चौकीमा दिएको किटानी उजुरीका आधारमा बलाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी बिरेन्द्र थापाले बताउनुुुभयो ।