2

Logo २०८३ बैशाख १३ आइतबार
महिला खेलकुद विकासका लागि STEP RAMPUR गठन

महिला खेलकुद विकासका लागि STEP RAMPUR गठन


Sabalnews प्रकाशित मिति : बिहिबार, साउन १२ २०७९
3.5K

पाल्पा

व्यवसायिक खेलकुदमा महिलाहरुको जोड पुर्‍याउने उद्देश्यले पाल्पाको रामपुरमा STEP Rampur गठन भएको छ ।

स्थानीय देखि नगर र जिल्ला खेलकुदका प्रतिनिधिहरुको संलग्नतामा महिला खेलाडी उत्पादन र महिला खेलको व्यवसायिक विकासका लागि “सिस्टर ट्यालेन्ट एक्पोज प्लेस (स्टेप) रामपुुर” गठन गरेको हो ।

समितिले रामपुर क्षेत्रमा खेलकुद र विशेष गरि समग्र खेलमा महिला र महिला खेलाडीका बिषयमा काम गर्नेछ । समितिको अध्यक्षमा जुनु शेख, उपाध्यक्षमा जमुना राना, सचिवमा सञ्जु परियार, सहसचिवमा हरि थापा राना र सदस्यहरुमा विमला खाणँ र रिता गौतम रहेका छन् ।

रामपुर नगरपालिका खेलकुदमा महिलाहरुको प्रतिनिधित्व, आबश्यकता र खेलकुद क्षेत्रमा महिलाहरुले गर्न सक्ने योगदान र चिनारी दिने उद्देश्यले समिति गठन गरिएको खेल प्रशिक्षक कमल रानाले बताउनुभयो ।.

रानाले विगत झण्डै ४ बर्षदेखि पाल्पाको रामपुरमा महिला खेलाडीको प्रशिक्षकको भुमिका निर्वाह गर्दै आइरहेका छन् । महिलालाई खेलकुदमा प्रोत्साहन गर्नुपर्छ भन्ने हेतुले रानाले व्यक्तिगत रुपमा भलिवल खेल सहित विभिन्न खेल व्यायाम गराउदै आईरहनुभएको छ । उहाकै बुद्धि, विवेक, क्षमता र लगानीमा दर्जनौं किशोरी युवा खेलमा अगाडी बढेका छन् । उनीहरु जिल्ला र प्रदेश खेलमा उत्कृष्ट कहलिदा खुशीको सिमा नरहेको रानाले बताउनुभयो। प्रशिक्षार्थी खेलाडीको बढ्दै गरेको खेल प्रतिभाका कारण रानाको पहलमा हाल ४ जना छात्रा खेलाडी सतप्रतिशत छात्रबृत्तिमा निशुल्क होस्टेल र निशुल्क भलिवल तालिम सहित बुटवलमा अध्ययनरत छन् ।

बिना स्रोत साधन आफ्नो एक्लो प्रयासमा भलिवल प्रति महिला खेलाडीको क्रेज बढ्दै गएकोमा खुशी हुदै रानाले यसरी गठित समितिले महिला खेलको व्यवसायिकताका लागि महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो।
महिला खेलकुद प्रति हाम्रो समाजले हेर्ने दृष्टिकोण परिवर्तनको लागि समितिले अहम भुमिका खेल्ने रामपुर भलिवल संघ अध्यक्ष कमल खाँणले बताउनुभयो । रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले हरेक कोणबाट महिलाको विकासमा समुदायको उत्तिकै भुमिका हुनेमा जोड दिनुभयो ।

उहाँले जिल्ला भलिवल र रामपुर भलिवल संघको सक्रियतामा रामपुरमा महिला भलिवल खेल प्रति चासो राखेकोमा धन्यवाद दिदै खेल क्षेत्रबाट आफ्नो ठाँउ र नगरको पहिचान बनाउन सकिने साथैसाथै महिलाहरुको इच्छा खेलमा नै भए उनीहरुको इच्छा रुची समेत नमर्ने हुँदा यसले चौतर्फी फाइदा पुर्‍याउने बताउनुभयो ।
जिल्ला भलिवल संघ पाल्पाका अध्यक्ष राजु गुरुङले पाल्पाका पहाडी भु-भागमा भलिबल खेलको संभावना राम्रो रहेको र महिला खेलमा पनि राम्रो नतिजा निकाल्न सकेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com