तानसेन आउदै गरेको जिप पुर्वखोलामा दुर्घटना
पाल्पा ।
जिल्लाको पुर्वखोला देखि सदरमुकाम आउदै गरेको जिप दुर्घटना भएको छ ।
रोमन्दीदेेेखि सदरमुकाम तानसेन आउदै गरेको जिप पुर्वखोला गाउँपालिका १ सेफतमा दुर्घटना भएको हो । दुर्घटनामा यात्रु सामान्य घाइते भएको बुझिएको छ ।
सिलुवा रोमन्दी देखि तानसेन तर्फ जादै गरेको लु १ ज ३८६८ नम्बरको जीप तानसेन- रामपुर सडकखण्ड अन्तर्गत सेफतमा पानी परिरहेको अबस्थामा सडकमा नै पल्टिएको स्त्थानीयले जानकारी दिएका छन् । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।