दिपेन्द्र प्रकाश र गोबिन्द अञ्जानको संयुक्त निर्देशनमा तिजको गीत”लगनको सारी” बजारमा
काठमाडौं ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको संघारमा तिजको कोसेली “लगनको सारी” बजारमा आएको छ ।
दिपेन्द्र प्रकाश के.सी. र गोबिन्द अञ्जानको निर्देशन रहेको यस तिज गीतको म्युजिक भिडियो OSR digital को युटुब मार्फत सार्वजनिक भएको छ ।
सुदीप सागरको संगीत संयोजन रहेको यस गीतमा
गायिका बिन्दु परियारले आवाज दिएकी छन् । तीजको भाकामा निकै माधुर्यता रहेको यो गीत नृत्यप्रधान मुलक छ ।
निकै आकर्षक बनेको गीतको भिडियोमा दिब्यानी ओलीको शिर्ष नृत्य रहेको छ । तिजको भाकाको यस गीतमा दिब्यानी सहित विभिन्न क्षेत्रमा स्थापित महिलाहरुले अभिनय गरेका छन् ।
मेलापात देखि राज्य व्यबस्थामा पुगेका महिला र आफ्नै खुट्टामा उभिने प्रेरणा संगालेर अघि बढेका महिलाबाट निराशा होइन आशातित हुन सकिन्छ भन्ने सन्देश यस गीतले दिएको छ । धन भन्दा मन ठूलो हुने कुरालाई चरितार्थ गरेको यस गीतले धनको सदुपयोगमा जोड दिएको छ ।
गीतको म्युजिक भिडियो महेश महराले छायाँकन गरेका हुन् । दीपक बिष्टको सम्पादन रहेको यो गीतमा दिपेश बिष्टको कोरियोग्राफी रहेको छ ।
गीत भक्तपुर जिल्लाको सुर्यबिनायक नगरपालिका गुण्डुमा रहेको पार्टी सहित आत्मा सुद्धिकरण देवालय, किवाचोक र वरपर छायांकन गरिएको हो ।
म्युजिक भिडियो हेर्न नछुटाउनुहोला ।
https://youtube.com/watch?v=oMTjzc3dZ8A&feature=share