तानपाले गर्यो अमरनारायण मन्दिर परिषरको पोखरी सरसफाइ
पाल्पा ।
तानसेन नगरपालिकाले ऎतिहासिक अमरनारायण मन्दिर नारायण स्थानमा रहेको नुहाउने पोखरीको सरसफाई गरेको छ ।
बर्षायाममा झाडी र फोहोर थुप्रो भएको पोखरी र पोखरी वरपर सरसफाई गरेको तानसेन नगरपालिका सरसफाई शाखा प्रमुख शंकर भण्डारीले जानकारी दिनुभयो । तानसेन नगरपालिका सरसफाइ शाखाले वडा नम्बर २ को समन्वयमा पोखरी आसपास सरसफाइ गरेको हो ।
बर्खाको समयमा केही स्थानमा मुल फुटिसकेको अबस्थामा झाडी बुट्यानले ढाकेको पोखरीमा पानीको उपयोगका लागि सरसफाइ गरिएको वडा नम्बर २ का अध्यक्ष महेश्वर श्रेष्ठले बताउनुभयो । बजारको नजिक र सुरक्षित रहेकाले छिट्टै पौडीको लागि पोखरी संचालनमा आउने उहाँले बताउनुभयो।