रिब्दीकोट भयो पुर्ण खोप सुनिश्चित गाउँपालिका
पाल्पा ।
पाल्पाको रिब्दीकोट गाउँपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा भएको छ। शनिबार एक कार्यक्रमको आयोजना गरि सबै सूचकांक पूरा भएकोमा गाउँपालिकालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले पुर्ण खोप सुनिश्चितको प्रमाण पत्र गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसि र उपाध्यक्ष कान्ता अधिकारीलाई हस्तान्तरण गर्नुहुदै खोपमा हामी सबै संवेदनशिल भएर नै पुर्ण खोप सुनिश्चित घोषणा सफल भएको बताउनुभयो । जिल्लाका अधिकांश स्थानीय तहले पूर्ण खोप सुनिश्चितता गरेका छन् डा. गिरीले भन्नुभयो- अब जिल्ला घोषणा पनि हुनेछ ।
गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले पालिकाको सर्वेक्षणमा खोप उमेर समुहका सबै बालबालिका पूर्णतया खोप लगाएकोले गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित गरिएको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले गाउँपालिकालाई भौतिक विकास र मानव बिकास दुबैमा समृद्ध गराउने बताउनुभयो । पुर्ण खोप संगै अब छिट्टै पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने योजनाका साथ अघि बढेको उहाँले बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, जिल्ला समन्वय समिति उपप्रमुख काशिका गैरे ज्ञवाली, रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीलगायतले सुनिश्चितता संगै निरन्तरतामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
यसै बिचमा लामो समयदेखि गाउँ घरमा स्वास्थ्य र सरसफाइमा मुख्य सेवा दिदै आउनुभएका महिला स्वास्थ्य स्वयंसेवीका मध्य उमेर पुग्नुभएकालाई अबकास सहित बिदाई गरिएको छ । गाउँपालिका, वडा अन्तर्गत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई समेत सम्मान गरिएको छ ।