2

Logo २०८३ बैशाख १३ आइतबार
आज आषाढ शुक्ल एकादशी, तुलसी सारेर मनाइदै

आज आषाढ शुक्ल एकादशी, तुलसी सारेर मनाइदै


Sabalnews प्रकाशित मिति : आइतबार, असार २६ २०७९
869

काठमाडौं ।

आज आषाढ शुक्ल एकादशी। घर र मन्दिर पार्टी पौवामा तुलसीको बिरुवा सारेर उपबास बसेर एकादशी मनाइएको छ। अब चार महिनासम्म गरिने विशेष पूजा आराधना गर्ने चलन छ ।

सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मास भनिन्छ ।

वर्षमा २४ दिन पर्ने एकादशीमा फलाहार ब्रत बस्ने प्रचलन छ । विशेष गरि हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि देशभरको नदी खोला पधेरा धारामा स्नान गरि पुजा आजा सहित तुलसी सारेर व्रत बसेका छन् । ठाउँ-ठाउँका विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ ।
वैज्ञानिक रुपमा पनि बढी अक्सीजन पाइने तुलसी विभिन्न रोगका लागि औषधीको रुपमा प्रयोग समेत गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास छ ।

आज सारेर चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवन गर्ने प्रचलन छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com