2

Logo २०८३ बैशाख १३ आइतबार
निस्दीका वनमा १७ हजार बिरुवा, उपभोक्तालाई वृक्षारोपणमा आकर्षण

निस्दीका वनमा १७ हजार बिरुवा, उपभोक्तालाई वृक्षारोपणमा आकर्षण


धनबहादुर ठाडा  प्रकाशित मिति : बुधबार, असार २२ २०७९
1.1K

पाल्पा ।

निस्दी गाउँपालिका पाल्पाको विभिन्न सामुदायिक वनहरुमा १७ हजार बढी विरुवा रोपिदैछन् । निस्दी सव डिभिजन वन कार्यालय पाल्पाले निस्दीका विभिन्न सामुदायिक वन, कबुलियती वन तथा निजी जग्गामा वृक्षारोपण अभियान नै संचालन गरेर वृक्षारोपणमा आकर्षण बढाएको छ ।

डिभिजन वन कार्यालय पाल्पाको अनुदानमा यहाँका ५ वटा  सामुदायिक वनले खाली क्षेत्रमा विरुवा लगाएको छ । जसमा वनहरुले ८ हजार बढी तेजपात, ३ हजार चिउरी र ६ हजार बढी खयरको विरुवा रोपेका छन् । वृक्षारोपणको लागि ४ वटा सामुदायिक वनलाई १ लाखका दरले र एउटा वनलाई ७५ हजार रुपैयाँ अनुदान समेत उपलब्ध गराएको निस्दी सव डिभिजन वन कार्यालय मित्यालका प्रमुख नन्द प्रसाद अधिकारीले बताउनुभएको छ ।

निस्दीकै पकेट क्षेत्र कार्यक्रम अन्तर्गत ७४ घरधुरीलाई आफ्नो निजी जग्गामा वृक्षारोपण गर्न प्रति विरुवा २० रुपैयाँका दरले अनुदान कार्यक्रमको व्यवस्था गरेको अधिकारीले बताउनुभयो । वृक्षारोपण मात्र होइन अभियान सफल पार्न स्वस्थ्य बिरुवा र दिगो जीवनको लागि वन कार्यालयका प्राबिधिक,कर्मचारीहरुले सम्बन्धित क्षेत्रमै पुगेर प्राबिधिक सहयोग गर्दै आएका छन् ।

यसैबीच निस्दीका १० वटा नयाँ कबुलियती वनले २० हेक्टर क्षेत्रफलमा करिब ५६ हजार अम्रिसो रोपेको अधिकारीले जानकारी दिनुुुभयो।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com