2

Logo २०८३ बैशाख १३ आइतबार
राष्ट्रपति रनिङशल्ड प्रतियोगिता पाल्पामा सम्पन्न, प्रथम तानसेन, दोस्रो रम्भा

राष्ट्रपति रनिङशल्ड प्रतियोगिता पाल्पामा सम्पन्न, प्रथम तानसेन, दोस्रो रम्भा


Sabalnews प्रकाशित मिति : मंगलबार, असार २१ २०७९
1.7K

पाल्पा ।

शनिबार देखि पाल्पामा शुरु भएको राष्ट्रपति रनिङशिल प्रतियोगिता सकिएको छ ।

१९ स्वर्ण १० रजत र २२ काँस्य गरि कुल ५१ पदक जित्दै तानसेन नगरपालिकाले यस वर्षको रनिङ शिल्डको उपाधि हात पारेको छ । त्यस्तै ७ स्वर्ण ५ रजत र ६ काँस्य गरि कुल १८ पदक जित्दै रम्भा गाउँपालिका दोस्रो भयो । ५ स्वर्ण १० रजत र ४ कास्य गरि कुल १९ पदक जित्दै तिनाउ गाउँपालिका तेस्रो भएको छ ।

५ स्वर्ण ७ रजत र ७ काँस्य गरि कुल १९ पदक जित्दै माथागढी चौथो , ४ स्वर्ण ३ रजत र ३ काँस्य गरि कुल १० पदक जित्दै रामपुर पाचौँ, २ स्वर्ण १ रजत र ४ काँस्य गरि कुल ७ पदक जित्दै बगनासकाली छैटौ २ रजत र २ काँस्य गरि कुल ४ पदक जित्दै रैनादेबी गाउँपालिका सातौ समान रजत र २ काँस्य गरि कुल ४ पदक जित्दै पुर्वखोला आठौ भएको छ ।

६ पालिकाले स्वर्ण पदक सहित अन्यपदक हात पारेका छन् भने ४ पालिकाले स्वर्ण पदक प्राप्त गर्ने सकेनन् । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ ३ दिन सम्म चलेको प्रतियोगितामा कवड्डी महिला पुरुष ,कराते, तेक्वान्डो, उसु, एथलेटिक्स ( महिला पुरुष ) दौड प्रतियोगीता अन्र्तगत १०० मि, २०० मि, ४०० मि, ८०० मि, १५०० मि., ३००० मिटर, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्याभलिङ्ग थ्रो, सटपुट, १०० ह ४ रिले र ४०० ह ४ रिले लगाएतका खेलमा ९ पालिकाका ४ सय ५० खेलाडीहरुले बिभिन्न खेल बिधामा प्रतिस्पर्धा गरेका थिए ।

भलिबलमा पुरुष तर्फ तिनाउ प्रथम रामपुर द्दितिय भएको छ । महिलातर्फ रम्भा गाउँपालिका प्रथम, रैनादेबी गाउँपालिका द्दितिय भयो । कपर्दी पुरुषतर्फ तानसेन नगरपालिका प्रथम , रम्भा गाउँपालिका द्दितिय भएको छ भने महिलातर्फ रम्भा गाउँपालिका प्रथम , तिनाउ द्दितिय भएको छ । एथ्लेटिक्समा तानसेन प्रथम, तिनाउ द्दितिय भयो ।

जिल्ला खेलकुद बिकास समिति पाल्पाको आयोजनामा भएको प्रतियोगिताबाट छनौट भएका ७८ जना खेलाडी यहि असार २४ गतेदेखी दाङ तुल्सिपुरमा आयोजना हुने प्रदेश राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन जाने खेलकुद बिकास समितिका कार्यालय प्रमुख तारा बहादुर थापाले जानकारी दिनुभयो ।

बिजयी खेलाडीहरुलाई तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले पुरस्कार बितरण गदै खेलकुदले जीवनका हरेक गतिबिधिलाई सवल र शसक्त बनाउदै लैजाने बताउनुभयो । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले खेलकुद क्षेत्रमा राज्यको प्रत्यक्ष भूमिका रहेकोमा जोड दिदै प्रत्येक खेल बिधाले राष्ट्रिय रुपमा पहिचान निमार्णमा सहयोग गर्ने बिश्वास व्यक्त गर्दै खेलकुदको बिकासमा सबै क्षेत्रको उत्तिकै भुमिका रहने बताउनुभयो।

पुरस्कार बितरण समारोहमा तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापा, जिल्ला समन्वय अधिकारी जनार्धन अधिकारी, शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख महेन्द्र सुवेदी, तानसेन ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल, दमकडा नमुना माविका प्रधानाध्यापक मोहन सापकोटा, प्रदेश खेलकुद परिषद सदस्य अच्युत पाण्डे लगायतले पुरस्कार, प्रमाणपत्र ,पदक तथा ट्रफी प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com