2

Logo २०८३ बैशाख १३ आइतबार
रामेछापमा बस दुर्घटना ९ को ज्यान गयो, २४ घाइते

रामेछापमा बस दुर्घटना ९ को ज्यान गयो, २४ घाइते


Sabalnews प्रकाशित मिति : मंगलबार, असार २१ २०७९
981

रामेछाप

जिल्लाकाे सुनापति गाउपालिकाे लुभसघाट नजिकै यात्रुबाहक बस दुर्घटना हुदा ९ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।

मंगलबार बिहान सुनापतिबाट काठमाडौ तर्फ आउदै गरेकाे बा ३ ख ८३९६ नम्बरकाे यात्रुबाहक बस सुनापती ५ र खाँडादेवी १ को सिमानाकाे मोडमा दुर्घटना भएकाे हाे ।

बस अचानक सडकबाट ३०/३५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ । घटना स्थलमा ४ महिला सहित ९ जना मृत्यु भएकाे छ । घाइते २४ जनालाई भने उपचारका लागि धुलिखेल अस्पताल पठाएकाे र थप विवरण भने आउन बाकी रहेकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनाकाे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी नायव उपरिक्षक राजकुमार थिङकाे नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेकाे थियाे । प्रहरी टाेलीले बसमा सवार २४ जना घाइतेहरुकाे उद्दार गरि उपचारका लागि धुलिखेल अस्पताल पठाएकाे हो ।

बसमा ४० यात्रु भनिएपनि एकिन भएको छैन । घटना स्थल जिल्ला प्रहरी कार्यालयबाट रामेछापबाट झण्डै ५५ कि. मि. पश्चिममा पर्दछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com