2

Logo २०८३ बैशाख १३ आइतबार
सुनौलो हजार दिनका आमाहरूलाई अण्डा बितरण

सुनौलो हजार दिनका आमाहरूलाई अण्डा बितरण


Sabalnews प्रकाशित मिति : सोमबार, असार २० २०७९
1K

स्याङ्जा ।

जिल्लाको गल्याङ नगरपालिकाले ‘सुनौलो हजार दिनका आमाहरूलाई कुखुराको अन्डा वितरण गरेको छ । नगरपालिकाका ११ वटै वडाका गर्भवती र सुत्केरी हुनुभएका महिलाहरुलाई एक/ एक क्यारेट अण्डा वितरण गरिएको हो।

राज्यले सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर गर्दै पोषिलो खानेकुरा र सरसफाइमा ध्यान दिन केन्द्रित गर्दै आएको छ । नगरका आमा र बच्चाको स्वास्थ्य र वृद्धिविकासको लागि अण्डा बितरण गरिएको नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताउनुभयो ।

गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानेले स्वास्थ क्षेत्रमा गल्याङ नगरपालिकालाई सबल बनाउन र गर्भवती महिलाहरुको स्वास्थ्य अवस्था राम्रो बनाउन यो कार्यक्रम ल्याएको बताउनुभयो । नगरपालिका वडा न.११ का वडाध्यक्ष दलबहादुर सिन्जालीले स्वास्थ्य नै सबै थोक रहेको उल्लेख गर्नुभयो ।

गल्याङ नगरपालिकाका स्वास्थ शाखा प्रमुख गुनेन्द्र रानाले आमा र बच्चा दुवैलाई स्वस्थ राख्नको लागि तथा पोषणयुक्त खाना खानुपर्छ भन्ने जनचेतना जगाउनको लागि कुखुराको अण्डा वितरण गरिएको बताउनुभयो । उहाँले गर्भवती महिलाले ध्यान नदिएको खण्डमा बच्चा अपाङ्ग समेत हुन सक्ने र आमाको आहार नपुग्दा बच्चालाई दूध नपुग्ने भएकाले नियमित ध्यान दिन अनुरोध गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com