महिलाहरु अर्गानिक सावुन बनाउन सीप सिके
पाल्पा ।
रामपुर नगरपालिका २ का महिलाले अर्गानिक नुहाउने साबुन बनाउन सिकेका छन् ।
गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत यहाँका महिलाहरुले अर्गानिक नुहाउने साबुन बनाउने तालिम पाएपछि यो सीप सिकेका हुन् ।
गत असार ५ गतेबाट शुरु भएको तालिममा सहभागी समुहका दिदीबहिनीले कच्चा पदार्थको प्रयोगबाट साबुन बनाउन सिक्नुभएको हो । आधुनिकतामा बढ्दो मौसम परिवर्तन, हावापानी, खानपान र महामारीले अर्गानिक बस्तुको प्रयोग र बजार भाउ बढेसंगै साबुनको माग र उत्पादनलाई जोड दिएर साबुन बनाउन सिकाइएको हो ।
रामपुर नगरपालिकाले गरिब निवारणका लागि लघुउद्यम विकास कार्यक्रम नगरका विभिन्न वडामा संचालन गरेको छ । महिलालाई समुहमा जोडेर उत्पादन र बजारीकरणबाट आयआर्जनमा थप टेवा दिन यो कार्यक्रम चलाइएको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो । बिगतका बर्षदेखि नै नगरका विभिन्न वडामा सानो लगानीबाट राम्रो आम्दानी लिन सकिने सिपमुलक तालिम चलाएको छ ।
सहजकर्ता खटाएर तालिमको आवश्यकता र सिकाईपछि यसको दिगोपनाको लागि सामाग्री समेत हस्तान्तरण गर्दै आएको कार्यक्रमका सहजकर्ता सोनिका बिश्वकर्माले जानकारी दिनुभयो ।
१५ दिने तालिम समापनको अबसरमा सावुन बनाउन सीप सिकेका महिला र समुहलाई लक्षित गर्दै तालिम समापनका बेला प्रविधि हस्तान्तरण समेत गरेको वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण दर्जीले बताउनुभयो ।