कालीगण्डकी नदी तटमा शालिकग्राम उद्यान
तनहुँ ।
शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकी नदी तटमा शालिग्राम उद्यान निर्माण भएको छ । संसारमै दुर्लभ शालिग्राम शिलाको महत्व झल्काउन साथै नदी, आस्था र यसले मानव जिवनमा जोडेका विषयमा प्रत्याभुति गराउन शालिग्राम उद्यानको विकास गरेको स्थानीयको भनाई छ ।
तनहुँ जिल्लाको माथिल्लो भागमा पाल्पा र तल्लो भागमा नवलपुर जिल्ला संग नदीले जोडेको छ । तनहु जिल्लाको दक्षिण पश्चिम भेग जिल्लामा नदीको माथिल्लो क्षेत्र घिरिङ गाउपालिका वडा न १ पुट्टारमा गण्डकी प्रदेश सरकार अन्तर्गत बन मन्त्रालयको आर्थिक सहयोगमा उद्यान बनेको हो । शालिग्राम उद्यान निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
जिल्ला बन कार्यालयको रेखदेख र प्राबिधिक सहयोगमा पुट्टार युवा क्लबद्वारा निर्मित शालिकग्राम उद्धानको निर्माण कार्य अन्तिममा पुगेको छ ।
दक्षिण तर्फ कालीगण्डकी नदी नजिकवाट बहेकी छन् । जहाँ नया किसिमको ट्रि व्रिज सहितको पार्क निमार्णले यसको आकर्षण थपेको छ । केहि दिनमा बिधिबत व्रिज सञ्चालनमा आउनेछ ।