रचना बाचन मार्फत बेथिति प्रति झटारो
पाल्पा ।
रामपुरमा भएको रचना बाचनमा अधिकांश रचनाकारले बेथिती बिसङ्गति र महँगी प्रति झटारो हानेका छन् ।
रामपुर साहित्यिक प्रतिस्ठानको आयोजनामा भएको मासिक नियमित रचना बाचन कार्यक्रममा बाचन भएका रचनामा बजार भाउ आकासिएको देखि गलत राजनितिक आबस्थाले अस्तव्यस्तता बढाएको समेत उल्लेख थियो ।
साहित्यकार स्वप्निल निरब, बसन्त थापा, दिपकमणी अर्याल, मित्रलाल गौतम, सुदिप दवाडी, नारायण ओस्ती, समीर पौडेल, मनोज घर्ती मगर र खिना खनाल लगाएत १० जनाले रचना बाचन गरेका थिए । रचनामा राजनिती, सामाजिक बेथिति, कृषि, महङ्गि लगायतका बिषयमा सर्वसाधारणका आवाजलाई बुलन्द गरेका थिए ।
हरेक महिनाको तेस्रो शनिवार हुने रचना बाचन यसपटक रामपुर बेझाडको राधाकृष्ण मन्दिरमा भएको हो । रामपुर साहित्यिक प्रतिस्ठानका उपाध्यक्ष हुमा देबकोटाको अध्यक्षतामा भएको रचना बाचन कार्यक्रमको संचालन सस्थाका सदस्य वसन्त थापाले गर्नुभएको हो ।