निस्दीका मसलाबाली जोन कार्यक्रमका किसानलाई मिनिटिलर
पाल्पा ।
जिल्लाको निस्दी ४ मित्याल र ७ ज्यामिरेका मसलाबाली जोन कार्यक्रमका किसानले कृषि व्यबसायिकताको लागि मिनिटिलर पाएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना अन्तर्गत यहाँ अदुवा र बेसार खेती जोन कार्यक्रम चलेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना कार्यान्वयन एकाई तानसेन पाल्पाकाे आर्थिक वर्ष २०७८/०७९ काे स्वीकृत कार्यक्रम अनुसार अदुवा/ बेसार जाेन कार्यक्रम फस्टाएको छ । मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्यीय सहकारी संस्था र ज्यामिरेमा माैलाकालिका कृषक समूहले कृषि यान्त्रिकरण उपकरणमा मिनिटिलर र डिजिटल काँटा पाएका हुन् ।
मसलाबालीमा पर्ने अदुवा र बेसार खेतीमा सरकारको सहयोग पाएपछि यहाँका किसान समुहमा आबद्ध भएर र व्यक्तिगत रुपमा पनि अदुवा बेसार खेती बढाउदै लगेक छन् । यस भेगका किसान पहिलेदेखि पनि बेसार अदुवा खेती गर्दै आएका थिए । पछिल्लो समय बादरको आतंक बढ्दै जादा समेत बादरले नखाने, क्षति नपुर्याउने भएकोले यस्ता भिराला जग्गामा मसलाबालीको प्रचुर संभावना छ।