2

Logo २०८३ बैशाख १३ आइतबार
राष्ट्रिय बृक्षारोपण दिवसमा रैनादेवीमा तेजपात रोपण महोत्सव

राष्ट्रिय बृक्षारोपण दिवसमा रैनादेवीमा तेजपात रोपण महोत्सव


Sabalnews प्रकाशित मिति : बुधबार, असार १५ २०७९
939

पाल्पा ।

डिभिजन वन कार्यालय पाल्पा र पाखुरे सामुदायिक वन उपभोक्ता समूह रैनादेबी छहरा-४ पाल्पाको संयुक्त आयोजनामा राष्ट्रिय बृक्षारोपण दिवसमा तेजपातको बिरुवा रोपिएको छ ।

पाखुरे सामुदायिक वनको ऐशेलु गैरा ब्लकमा डिभिजन वन कार्यालयका वन अधिकृत दिपक ज्ञवालीले बिरुवा रोपेर शुभारम्भ गर्नुभयो । ८ हेक्टर क्षेत्रफल रहेको ऐशेलु गैरा ब्लकमा बृहत् रुपमा तेजपात रोपण गरि समृद्धि तर्फ लैजाने उद्देश्यले पाखुरे सामुदायिक वन उपभोक्ता समुहले तेजपातको पकेट सामुदायिक वन तयार गर्न लागेको हो ।

सरोकारवालाको बाक्लो सहभागिता रहेको बृक्षारोपणमा ८ हजार बिरुवा रोपिएको छ । प्रमुख अतिथि डिभिजन वन अधिकृत दिपक ज्ञवाली, वन,वातावरण तथा भु संरक्षण मन्त्रालयका योजना अधिकृत सन्त थिङ्ग, रिब्दिकोट सब डिभिजन प्रमुख उपेन्द्र अर्याल,डिभिजन वन कार्यालयका योजना अधिकृत रामचन्द्र लामा, वन ब्यबस्थापन अधिकृत संयोग बस्नेत सहित झण्डै २ सय ५० उपभोक्ताको सहभागिता रहेको थियो ।

पाखुरे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नल बहादुर रानाले व्यबस्थित रुपमा मल र माटोको मिसावट गरि प्राबिधिकको निगरानीमा बृक्षारोपण गरिएको बताउनुभयो । पन्चेबाजाको धुनमा डाडैभरी बिरुवा सहित छरिएका उपभोक्ता, २० बढी समुहका प्रतिनिधि प्राबिधिकको सहभागीता रहेको थियो ।
बाझो जमिनलाइ हरियाली संगै उत्पादनमा रुपान्तरण गर्नको लागि तेजपत्ता पकेटको रुपमा विकास गरिएको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com