स्याङ्जाका युवा पाल्पामा मृत भेटिए
पाल्पा ।
पाल्पामा स्याङ्जाका एक युवक मृत अवस्थामा फेला परेका छन् । पाल्पाको तिनाउ गाउँपालिका ६ बाह्रसिहे खोल्सामा स्याङ्जाको वालिङ नगरपालिका १० का २२ वर्षीय नरेश कुवंर मृत फेला परेको पाल्पा प्रहरीले जनाएको छ ।
मंगरबार बिहान १० बजे तिर उनी खोल्सामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृतको शवलाई पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयो ।