2

Logo २०८३ बैशाख १३ आइतबार
आपतकालिन बाल उद्दार कोषबाट रामपुर नगरपालिकाको सहयोग

आपतकालिन बाल उद्दार कोषबाट रामपुर नगरपालिकाको सहयोग


Sabalnews प्रकाशित मिति : मंगलबार, असार १४ २०७९
876

पाल्पा ।

आपतकालिन बाल उद्दार कोषबाट रामपुर नगरपालिकाले समस्यामा परेका बालबालिकालाई सहयोग गरेको छ । समस्यामा परेका बालबालिकाको जिवनस्तरमा सघाउ पुर्याउने उद्देश्यले नगरपालिकाले बाल उद्दार कोषबाट त्यस्ता बालबालिकालाई सहयोग गर्दै आएको छ ।

मृगौलाको समस्या भइ नियमित औषधि उपचार गर्दै आएका रामपुर ६ का शिव परियार भन्ने जंग बहादुर दर्जीलाई बाल उद्दार कोषबाट सहयोग हस्तान्तरण गरेको हो।
पछिल्लो समय भारतमा नियमित उपचार गर्दै आएका रामपुर नगरपालिका ६ बिजयपुरका ११ बर्षे बालक परियारको थप उपचार र शैक्षिक सामाग्री किनेर पठनपाठनमा मद्धत पुगोस् भनेर नगद ५० हजार रुपैया दिइएको आपतकालीन बाल उद्दार कोष संचालन समितिका संयोजक तथा रामपुर नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

बिरामी बालक शिव परियार र आमा बेलमाया दर्जिलाई उनकै घर बिजयपुर पुगेर रकम हस्तान्तरण गर्दै नगरप्रमुख थापाले रकमको सही सदुपयोग गर्दै बालकको उपचारमा ध्यानदिन आग्रह गर्नुभयो । नगर उपप्रमुख बालकुमारी थापाले बालकको रेखदेख खानपानमा ध्यान दिन अनुरोध गर्दै उपचारमा हरेक पल चनाखो हुनुपर्ने बताउनुभयो । बालकका आमा बेलमायाले धेरै जनाको सहयोगले बच्चालाई केही सहज भएको बताउदै एकमात्र छोराको यस्तो अबस्थाले निकै चिन्ता परेको बताउनुभयो । रकम हस्तान्तरण कार्यक्रमको संचालन रामपुर नगरपालिकाका महिला शाखाका सहायक महिला विकास निरीक्षक पुजा परियारले गर्नुभएको हो ।

यस्तै, आपतकालीन बाल उद्दार कोष सन्चालन नियमावली २०७७ को परिच्छेद १ को नियम २ बमोजिम रामपुर नगरपालिका २ का संगीत थापालाई स्वास्थ्य उपचारको लागि र प्रतिमा कुमाल र पुजा कुमाललाई विद्यालयमा पठनपाठनका लागि शैक्षिक सामालागी किन्न २०/२० हजार रुपया दिइएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com