2

Logo २०८३ बैशाख १३ आइतबार
निस्दीको आगामी बर्षको बजेट सार्वजनिक, ६० बर्ष उमेर पुगेका नागरिकलाई भत्ता दिइने

निस्दीको आगामी बर्षको बजेट सार्वजनिक, ६० बर्ष उमेर पुगेका नागरिकलाई भत्ता दिइने


Sabalnews प्रकाशित मिति : शुक्रबार, असार १० २०७९
1.2K

पाल्पा ।

जिल्लाको निस्दी गाउँपालिकाको ११औं गाउँ सभाले आगामी बर्षको बजेट पारित गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को लागि निस्दी गाउँपालिकाको कुल बजेट ६४ करोड ९८ लाख ६ हजार ५ सय ७० रुपैयाँ रहेको छ । बजेट अनुसारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै  गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले आत्मनिर्भर संगै व्यबसायिक र विकासमा जोड दिएर विकासशील गाउँपालिकामा निस्दीलाई रुपान्तरण गर्ने उल्लेख गर्नुभयो ।

नीति तथा कार्यक्रममा ६० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गरि योजना निर्माण भएको छ ।`ग´वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने, आगामी आर्थिक वर्षमा निस्दीको स्थानीय स्रोत साधन र सीपको उच्चतम प्रयोग गरी रोजगारी सिर्जना गर्ने, साथै दीगो विकास, वातावरणीय संरक्षण तथा सम्बर्द्धन गर्न सघाउ पुर्याउने कार्यक्रम सञ्चालन गरिने कार्यक्रममा उल्लेख छ ।

शिक्षा तथा स्वास्थ्यलाई विशेष जोड दिने, खानेपानी योजना ,विपद तथा प्रकोप नियन्त्रण एवं व्यवस्थापन गर्न नीति तथा कार्यक्रममा समेटेको छ  । मगर भाषा , साहित्य , कला , संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै निस्दीमा गरिवी निवारण , पूर्ण सरसफाइ तथा लैंगिक तथा समावेशी विकासका लागि सामाजिक परिचालन कार्यक्रम सञ्चालन हुनेछ ।

सभामा गाउपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक बजेट पेस गर्नुभएको हो।

उपाध्यक्ष श्रेष्ठले संघीय तथा प्रदेश सरकारको अनुदान , गाउँपालिकाको आन्तरिक आम्दानी र संचित कोष गरि कुल ६४ करोड ९८ लाख , ६ हजार ५ सय ७० रुपैयाँ बजेट विनियोजन गर्नुभएको छ । सभामा विधेयक समितिका संयोजक तथा वडा नम्बर ५ , गल्धाका वडा अध्यक्ष दुर्गा बहादुर सोमैले पेस गर्नुभएको आर्थिक विधेयक  २०७९ र विनियोजन विधेयक (२०७९) पारित गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com