2

Logo २०८३ बैशाख १३ आइतबार
एसइई परीक्षाको नतिजा असार भित्रै आउने

एसइई परीक्षाको नतिजा असार भित्रै आउने


Sabalnews प्रकाशित मिति : मंगलबार, असार ७ २०७९
757

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार मसान्तभित्रै सार्वजनिक गर्ने जनाएको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्ड एसइई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गतेसम्म एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताउनुभयो । उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको छ उहाँले भन्नुभयो- इन्ट्री गर्ने, रुजु गर्ने काम भइरहेको छ। यसअघि ४ महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल अहिले झण्डै २ महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको परीक्षा नियन्त्रक रायमाझीको भनाई छ।

कोरोनाका कारण २ वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा लिइएपनि बोर्डले यसबर्ष विद्यार्थीको भौतिक उपस्थितिमा गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

यसबर्षको एसइई परीक्षामा देशभरबाट २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com